Tuesday, November 20, 2018

Kati Yasta Chhanharu Aauchan - कती यस्ता क्षणहरु आँउछन - By Yogesh Baidhya

शब्द : यादव खरेल ; संगीत : नातिकाजी श्रेष्ठ ; स्वर : योगेश बैध्य

कती यस्ता क्षणहरु आँउछन सबलाई छाडेर जाँउ
मन्मा लाग्छ कहिले काँही आँफैदेखी भागेर जाँउ
कती यस्ता क्षणहरु आँउछन

यो आकाशको बिस्तार भन्दा टाढा, सागरको किनार भन्दा टाढा - २ 
जहाँ चाहनाका लहरहरु नउठुन, जहाँ सपनाका कोपिला नफुटुन
कती यस्ता क्षणहरु आँउछन

यि मानिसको कोलाहल भन्दा पर, जिन्दगीको आयाम भन्दा भित्र - २
जहाँ हारजितको आशा नहोस्, जहाँ आफ्नै पनि आभास नहोस्
कती यस्ता क्षणहरु आँउछन

No comments: