Saturday, November 3, 2018

Alikati timi abhiman chhoda - अलिकती तिमी अभिमान छोड - By Yogesh Baidhya

शब्द : राममान त्रिशित ; संगीत : शिव शंकर मानन्धर ; स्वर : योगेश बैध्य
अलिकती तिमी अभिमान छोड
अलिकती म अभिमान छोडु
हुन सक्छ अध्यारो जीवनलाई
एक नौलो बिहानी तर्फ मोडु
अलिकती ......................

आँखामा यस्तो गाजल छ तिम्रो
हर फुलको रङलाई छेकिदिने
आँखामा यस्तो सपना छ मेरो
हर रात उज्यालो देखिदिने
अलिकती .......................

हाम्रै हातमा न हो हाम्रो आफ्नो खुशी
तिम्रो मेरो गतिमै हाम्रो मिठो मिलन
किन यस्तो सजिलो मोडमा पनि
तिम्रो पाउमा थकान मेरो पाउमा जलन
अलिकती तिमी .........................
..................................................

No comments: