Monday, October 22, 2018

Nau lakh tara udaye - नौ लाख तारा उदाए - By Ambar Gurung

शब्द :अगमसिङ गिरी  ; संगीत तथा स्वर : अंबर गुरुङ
हो ...........
नौ लाख तारा उदाए, धर्तिको आकाश हाँसेछ  
सरद लाग्यो बनमा, फुलले प्रिती गाँसेछ
नजली यहाँ झिलिली, मनको तारा निभेछ
गुराँस फुल्यो पहाडमा, मनको फुल झरेछ
नसम्झ आज नेपाली, सन्चोले यहाँ बाँचेको
काँडाकै माझ पहाडी फुल, छैन र कहाँ हाँसेको ?
सुनको सपना आँशुमा , किन हो बाँधी ल्यायौ नि ?
घरको माया बिर्सेर, किन पो यहाँ आयौ नि ?

हो ........
मुटुको रगत एउटै हो , पिरको बह बेग्लै छ
हामीलाई यहाँ चिन्यौ कि , मनको चोट बेग्लै छ
नियाली हेर हामीलाई, भिजेको छैन परेला
आँशुले गह भिजाए , अरुले निर्धा सम्झेला
बुझ्छ र कस्ले रोएको, मुटुमा काँडा लिएर ?
अरुका सारमा हाँसेको, आँशुका घुट्का पिएर
पहाडी फुल नफक्री, किन हो चुडी ल्यायौ नि ?
मनको आगो निभाउन, किन पो यहाँ आयौ नि ?
किन पो यहाँ आयौ नि ?

No comments: