Wednesday, October 17, 2018

Aakha chimli basnu bhanda - आँखा चिम्ली बस्नु भन्दा बिर्सनु जाती - by Manik Ratna Sthapit

स्वर : माणीकरत्न स्थापित  ; संगीत : चन्द्र राज शर्मा ; रचना : उत्तम श्रेष्ठ

आँखा चिम्ली बस्नु भन्दा बिर्सनु  जाती
बाटो कुरी बस्नु भन्दा फर्कनु जाती
आँखा चिम्ली ..............................

बिहानिबाट धेरैधेरै टाढा भैसकेको छु म
झरिजाने सितको थोपा झै भैसकेको छु म
तिम्रो याद धमिलो मैले पारीसके
यि आँखाका आशु सारा मैले झारिसके
आँखा चिम्ली .............................

सहनुको सिमा सारा नाघिसकेको छु
मैले आफ्नो हृदयलाई सल्काइसकेको छु
मानीसका थरिथरिका कुरा सुनिसके
माया गर्दै माया मार्ने मान्छे चिनिसके
आँखा चिम्ली बस्नु .....................

No comments: