Monday, August 24, 2020

बिना बादल असिना आउँदैन- Bina Badal Asina Aaudaina- By Hari Prasad Rimal

 

शब्द : आनन्दराज श्रेष्ठ ;      संगीत तथा स्वर : हरिप्रसाद रिमाल
बिना बादल असिना आउँदैन
माया लाग्छ बोलाउन सक्दिन
हाए माया लाग्छ बोलाउन सक्दिन  ---२  

गीत गाउने कालो बादल तिमी बजाउ मादल  -२
मायालु त उसै राम्रो झन आखामा गाजल     -२
बिना बादल ........, ..............

घाम झुल्क्यो हिमालमा चरी गाउछे वनमा   -२
मैले भने सम्झिरैछु के छ तिम्रो मनमा        -२
बिना बादल .........., ...........

डाँडाकाडा घुम्दै फिर्दै बग्दै आउने खोला     -२
सम्झनाको गीत हो यो नबिर्सनु होला      -२
बिना बादल ........., .............

No comments: