Thursday, August 20, 2020

कती बाँचु टुकृएको मुटुको ढुकढुकी लिई - Kati Baachu Tukriyeko Mutuko - By Indra Narayan Manandhar

 शब्द : राम मान तृषित ; संगीत : शिवशंकर मानन्धर,  स्वर : ईन्द्र नारायण मानन्धर


कती बाँचु टुकृएको मुटुको ढुकढुकी लिई
लाश भन्दा पनि धेरै सस्तो यो जिन्दगी लिई --२
कती बाँचु टुकृएको

कहाँ जाउ मेरो बाटो बाटोले नै छेकेको छ --२
मेरो हरेक पाइलाले काँडामाथि टेकेको छ --२
कती बाँचु हृदयमा सधैको ढुकढुकी लिई
लास भन्दा पनि धेरै सस्तो यो जिन्दगी लिई
कती ...................., .....................
कती बाँचु टुकृएको

मेरो मनको फुललाई बसन्तले मारिगईन --२
एउटा तारा बिलाई मेरो आकाश रित्तो पारी गईन --२
कती बाँचु पिर भन्दा बोक्न गाह्रो खुशी लिई 
लास भन्दा पनि धेरै सस्तो यो जिन्दगी लिई
कती ...................., .....................
कती बाँचु टुकृएको

No comments: