Thursday, August 20, 2020

घामका झुल्का हिउंमा पारी - Ghaamkaa Jhulkaa Hiumaa Paari - By Shiva Shankar Manandhar

शब्द, संगीत तथ स्वर : शिवशंकर मानन्धर


घामका झुल्का हिउंमा पारी
मेरी पारु हाँसिरहान्छे          --२
हरियालिको घुम्टो उघारी
छमछम छमछम गर्दै नाचिरहन्छे  

 

निर्जन वनमा बिलाईरहन्छे उसलाई कोही चिन्न नखोज      -२
मेरो आँशु र हाँसो भो उसकै रहस्य केहि मलाई नसोध 
रङ्गिबिरङ्गी फुलहरुबाट मेरी पारु च्याइरहन्छे
यो धर्तिमा मधुरो मिठो सुबास छर्दै आइरहन्छे      --२

 घामका झुल्का ............., ...........................

बताससँगै दौडिरहन्छे छहरासँगै पौडिरहन्छे -२
पर्वतमा गुन्जिरहने प्रतिध्वनिमा बोलिरहन्छे
शान्त र शितल जुनली रातमा मेरी पारु झल्किरहन्छे
कलीलो कोमल हरियो पातमा अमृत भर्दै टल्किरहन्छे   --२

घामका झुल्का ............., ...........................



 



No comments: