Monday, November 23, 2020

मनमा माया तनमा माया- Manma Maya Tanma Maya- By Manikratna Sthapit + Tara Devi

शब्द : किरण खरेल ; संगीत : शिवशंकर + चन्द्रराज शर्मा  ; स्वर : माणिकरत्न + तारादेवी


मनमा माया
मनमा माया तनमा माया तैपनी माया खोज्न सकिनँ 
मनमा जो छ तनमा जो छ उसलाई नै रोज्न सकिनँ 
मनमा माया   

हर जनममा तिमीसँग मिलु, हर बाटोमा तिमीसँग डुलुँ
तिमीलाई अङ्गालो हालेर, संसार भुलु अनि स्वर्ग भुलुँ
हर पाइलामा तिम्रो हात समाऊँ, हर हाँसोमा तिम्रो साथ रमाऊँ
मन लाग्छ मलाई तिम्रो सामु रुँदै, दिन बिताऊँ अनि रात बिताऊँ   

मनमा माया   

निर्बल फूलमा बसन्त जाँदा, पछ्यौरा समाई सक्दिन तान्न
आफ्नो मुटुको ढुकढुकिलाई, आफ्नै भनेर पाँउदिन मान्न

कती कती कुरा यस्ता हुन्छन, मन लागे पनि भन्न हुँदैन
कती फूलहरु राम्रा भएपनी, तीनको  माला उन्न हुँदैन

मनमा माया    

कस्तो मिलन यो कस्तो खुशी यो, रुन नहुने अनि हाँस्न नदिने
हृदय पोल्ने यो कस्तो रहस्य, खोल्न नहुने अनि बोल्न नदिने
लाग्दछ जीवन नाटकजस्तो, अभिनय हामी गरिरहेछौँ
बाँच्ने रहरलाई कुल्चिन खोजि, जीउदै हामी मरिरहेछौँ 
मनमा माया तनमा
माया तैपनी माया खोज्न सकिनँ 
मनमा जो छ तनमा जो छ उसलाई नै रोज्न सकिनँ 
मनमा माया  


No comments: