Saturday, November 28, 2020

यो दिन उज्यालो भएन - Yo din ujyaalo bhayena- By Kalyan + Biju Rimal

 

 शब्द : राममान तृषित ; स्वर : कल्याण रिमाल + बिजु रिमाल 


यो दिन उज्यालो भएन मेरो साथ हजुर नहुँदा
आँखामा निद भएन दुइ रात हजुर नहुँदा --२

हजुरैको याद दिएर यहाँ फूल फूलेको हुन्छ -२
सन्ध्या खुलेको हुन्छ बत्ती बलेको हुन्छ
आगोसरी भो बल्ने बर्षात हजुर नहुँदा

आँखामा निद भएन दुइ रात हजुर नहुँदा 

निरस यहाँको चन्दा निरस यहाँका तारा -२
निरस धराको सारा निरस उशा किनारा
पिडासरी भो दिलमा उन्माद हजुर नहुँदा
आँखामा निद भएन दुइ रात हजुर नहुँदा
हं हं हं
हं हं हं हं

No comments: