Saturday, November 15, 2014

A Phool a Basanta - ए फूल ए बसन्त यसरी न पिछा गर्नु - By Natikaji Shrestha

रचना : राममान तृषित   ; संगीत र स्वर : नातिकाजी श्रेष्ठ

(शिवशंकरको संगीत र ईन्द्र नारायणको स्वरमा पनि रेकोर्ड गरिएको )

ए फूल ए बसन्त यसरी न पिछा गर्नु
फुर्सद त दिनु पलभर रोएर सुखी बन्न
ए फूल ए बसन्त

पंक्षिको मिठो गाना तर श्राप यहाँ बन्छ
सन्ध्याको हावा शितल मन पोल्ने ब्यथा दिन्छ
धर्तिको सुखी ए फूल क्षणभर त दया गर्नु
फुर्सद त दिनु पलभर रोएर सुखी बन्न
ए फूल ए बसन्त

प्रकृतिको हरा जीवन जीवनको चिता बन्छ
मृत्‍युको प्रतिक्षामा दिन ब्यस्त सदा हुन्छ
हे रात तिमी आज बिश्राम यही गर्नु
फुर्सद त दिनु पलभर रोएर सुखी बन्न
ए फूल ए बसन्त

No comments: