Wednesday, November 5, 2014

Ek raat thiyo bharkharkai thiyo - एक रात थियो भर्खरकै थियो उसँग मेरो प्रित - By Jitendra Bardewa

शब्द संगीत र स्वर : जितेन्द्र बर्देवा 
एक रात थियो भर्खरकै थियो उसँग मेरो प्रित
म मुस्काउदथे उ लजाउदथी त्यो रात नै उजेलो थियो  
म छेउ सर्दथे उ पर सर्दथी त्यो भेट नै मौन थियो
एक रात थियो भर्खरकै थियो उसँग मेरो प्रित

केही भन्न खोजी उ अघी सर्दथी तर बोली नै अल्झिदिन्थ्यो
केही भन्छु भनी म अघी सर्दथे मेरो बोली नै अल्पीदिन्थ्यो
केही भन्न नपाई रात ढल्दै जादा मन नमन्दै बिछोडीन्थ्यौ
एक रात थियो भर्खरकै थियो उसँग मेरो प्रित

उ मेरै थिई म उस्कै थिए यो संसारनै अर्को थियो
प्राण धड्कन्दथ्यो मन चन्चल थ्यो हर सुस्केरा कम्पित थियो
म हेरिदिन्थे उ झुकिदिन्थी यो आँखाले केही भन्दिन्थ्यो
एक रात थियो भर्खरकै थियो उसँग मेरो प्रित
..........................

No comments: