Tuesday, November 4, 2014

aafnaiharuko chheu bachna - आफ्नैहरुको छेउ बांच्न अती कठिन भो

आफ्नैहरुको छेउ बांच्न अती कठिन भो
आफ्नैहरुको छेउ हांस्न अती कठिन भो

मैले किनार खोज्दा मजधार छेउ आउछ
मैले जङ्घार तर्दा जीवन नै मृत्‍यु बन्छ

मैले हांसेको देख्दा फुलले मलाई गिज्याउछ
मैले रोएको देख्दा किन हो कांडा रमाउछ

जीवनलाई पाल्न भन्दा साच्न अती कठिन भो
आशुलाई पिउन भन्दा हांस्न अती कठिन भो
आफ्नैहरुको छेउ बांच्न अती कठिन भो

No comments: