Monday, November 17, 2014

Euta kuraa ma bhanchu timi laaj namana hai ta - एउटा कुरा म भन्छु तिमी लाज नमान है त - By Shiva Shankar Manandhar

रचना : किरण खरेल संगीत र स्वर : शिवशंकर मानन्धर 


एउटा कुरा म भन्छु तिमी लाज नमान है त
तिमीलाई नियाली हेर्छु आँखा नचिम्ल है त
एउटा कुरा म भन्छु तिमी लाज नमान है त

बालक छदै परीका कथाहरु म सुन्थे
बादलसँगै उडेर एक रात मारी सुन्थे
मेरी अप्सराको मैले अनुहार बताए जस्तो
यो रुप लाग्छ मैले उहील्यै चिताए जस्तो
एउटा कुरा म........, ...........,..................

तिम्रो यो हासो लाग्छ युगयुगदेखी सुनेको
तिमीलाई लाग्छ पहिलो जन्मैदेखी चिनेको 
कहिल्यै नमर्ने मिठो अमृत पिएको जस्तो
आज छ मैले सिङै संसार जितेको जस्तो
एउटा कुरा म .......,..........,.................... 

एउटा कुरा म भन्छु तिमी लाज नमान है त

 

No comments: