Sunday, November 2, 2014

Aasis chha timilaai mai jhai runu paros - आशिश छ तिमीलाई मै झै रुनु परोस

आशिश छ तिमीलाई मै झै रुनु परोस
मानिस नचिन्नेलाई पत्थरै हुनु परोस

तिमी धेरै धेरै हांस तर छटपटाइ हांस
रगतको आशु पुछी बिबस भएर हांस
तिम्रो आकाशमा कतै तारा र जुन नहुन
तिम्रो बसन्तमा कतै बास्ना र फूल नहुन

तिमी धेरै धेरै बांच तर ढुङ्गा बन्दै  बांच
एक मुठी माया खोजी कल्पी कल्पी बांच
तिमी पानी पिउन जादा गागरहरु सुकुन
तिमी बाटो खोजी हिड्दा बत्तिहरु निभुन
आशिश छ तिमीलाई मै झै रुनु परोस
मानिस नचिन्नेलाई पत्थरै हुनु परोस

No comments: