को होला पारी डाकने मिठो गीतमा
रंगिन प्यारो सांझमा मायालु सुरिलो आवाजमा
को होला पारी
चन्चल मन भन्दछ जाउ लौ जाउ
उन्कै स्वरमा स्वर मिलाउ
प्रिती लगाउं माया बसाउ
रंगिन प्यारो सांझमा मायालु सुरिलो आवाजमा
को होला पारी
कत्तिको छली नयन त्यो
सागरसरी प्यारमा लिई नजर भरी
कुसुमसरी मुस्कान छरी
रंगिन प्यारो सांझमा मायालु सुरिलो आवाजमा
को होला पारी
No comments:
Post a Comment