Friday, November 28, 2014

Kina yasari tolako k bho - किन यसरी टोलाको के भो हजुरलाई - By Manikratna

रचना : किरण खरेल;  संगीत : शिवशंकर ;  स्वर :  माणिकरत्न स्थापित

किन यसरी टोलाको के भो हजुरलाई
कुन पापिले लगायो टुना हजुरलाई
किन यसरी

पैले त धेरै हांस्थ्यौ अहिले मुस्काउनै छोड्यौ
जती गिज्याए पनि किन हो रिसाउनै छोड्यौ --२
अली अबेर म आउँदा लाटी भयौ कि क्या हो
मेरो मायामा संसार बिर्सिदियौ क्या हो
किन यसरी टोलाको

आउ नजिक मेरो म होस जगाइदिन्छु
फुक्फाक गरेर छिन्मै म रोग भगाईदिन्छु  --२
भईगो बरु नबोल रिसाइदेउ एक्छिन
आँखा तरेर घुम्टो खसाइदेउ एक्छिन
किन यसरी टोलाको

No comments: