Tuesday, November 11, 2014

Paharamaa baasa basi jharanako - पहरामा बास बसी झरनाको पानी पिउला - By Bachchu Kailash

स्वर : बच्चुकैलाश 
पहरामा बास बसी झरनाको पानी पिउला
सँगसङै जिउन पाए जीवन हाँस्दै काटिदिउला 
पहरामा बास बसी

सुनकोशिको पानी जस्तो चोखो प्रिती लाउन पाए 
दुई खोलाको दोभान जस्तै  सधैंभरी भेट्न पाए 
खेलाकासा खेल्दै बनमा कन्दरामा गीत गाउला
सँगसङै जिउन पाये जीवन हाँस्दै काटिदिउला 
पहरामा बास बसी

दुई छातीको दुइटा मुटु साटिवरी राख्न पाए
चन्द्रमा र चांदनी झै एक अर्काका हुन पाए 
जुनेली भै हामी दुबै रातभरी टल्किदिउला
सँगसङै जिउन पाए जीवन हाँस्दै काटिदिउला 
पहरामा बास बसी

Ko holaa paari daakne - को होला पारी डाकने मिठो गीतमा

को होला पारी डाकने मिठो गीतमा
रंगिन प्यारो सांझमा मायालु सुरिलो आवाजमा
को होला पारी

चन्चल मन भन्दछ जाउ लौ जाउ
उन्कै स्वरमा स्वर मिलाउ
प्रिती लगाउं माया बसाउ
रंगिन प्यारो सांझमा मायालु सुरिलो आवाजमा
को होला पारी

कत्तिको छली नयन त्यो
सागरसरी प्यारमा लिई नजर भरी
कुसुमसरी मुस्कान छरी
रंगिन प्यारो सांझमा मायालु सुरिलो आवाजमा
को होला पारी

Thursday, November 6, 2014

Timi Aaune Baato Diyaloko Sato - तिमी आउने बाटो दियालोको साटो दुबै आँखा बालेर - By Puspa Nepali

संगीत : भैरब बहादुर थापा , स्वर : पुष्प नेपाली

तिमी आउने बाटो दियालोको साटो
दुबै आँखा बालेर
ताराजस्तै ब्युँझी तिमीलाई नै सम्झी - २
रात बसी जागेर - २

तिमीले गाउँने गीत गाँए कोइलिसित - २
आँए माला गाँसेर - २
फुलजस्तो जोवन फुलैजस्तो यौवन - २
ल्याएँ माया साँचेर - २
तिमी आउने बाटो दियालोको साटो
दुबै आँखा बालेर - २
ताराजस्तै ब्युँझी तिमीलाई नै सम्झी - २
रात बसी जागेर - २

तिमीले लाउने फुल फुल्यो ढकमक्क - २
पारी पाखा छाएर - २
छाहारिमा खोजे छाँयासंगै सोधे - २
कती मैले धाएर - २
तिमी आउने बाटो दियालोको साटो
दुबै आँखा बालेर - २
ताराजस्तै ब्युँझी तिमीलाई नै सम्झी - २
रात बसी जागेर - २






Wednesday, November 5, 2014

Ek raat thiyo bharkharkai thiyo - एक रात थियो भर्खरकै थियो उसँग मेरो प्रित - By Jitendra Bardewa

शब्द संगीत र स्वर : जितेन्द्र बर्देवा 
एक रात थियो भर्खरकै थियो उसँग मेरो प्रित
म मुस्काउदथे उ लजाउदथी त्यो रात नै उजेलो थियो  
म छेउ सर्दथे उ पर सर्दथी त्यो भेट नै मौन थियो
एक रात थियो भर्खरकै थियो उसँग मेरो प्रित

केही भन्न खोजी उ अघी सर्दथी तर बोली नै अल्झिदिन्थ्यो
केही भन्छु भनी म अघी सर्दथे मेरो बोली नै अल्पीदिन्थ्यो
केही भन्न नपाई रात ढल्दै जादा मन नमन्दै बिछोडीन्थ्यौ
एक रात थियो भर्खरकै थियो उसँग मेरो प्रित

उ मेरै थिई म उस्कै थिए यो संसारनै अर्को थियो
प्राण धड्कन्दथ्यो मन चन्चल थ्यो हर सुस्केरा कम्पित थियो
म हेरिदिन्थे उ झुकिदिन्थी यो आँखाले केही भन्दिन्थ्यो
एक रात थियो भर्खरकै थियो उसँग मेरो प्रित
..........................

Tuesday, November 4, 2014

aafnaiharuko chheu bachna - आफ्नैहरुको छेउ बांच्न अती कठिन भो

आफ्नैहरुको छेउ बांच्न अती कठिन भो
आफ्नैहरुको छेउ हांस्न अती कठिन भो

मैले किनार खोज्दा मजधार छेउ आउछ
मैले जङ्घार तर्दा जीवन नै मृत्‍यु बन्छ

मैले हांसेको देख्दा फुलले मलाई गिज्याउछ
मैले रोएको देख्दा किन हो कांडा रमाउछ

जीवनलाई पाल्न भन्दा साच्न अती कठिन भो
आशुलाई पिउन भन्दा हांस्न अती कठिन भो
आफ्नैहरुको छेउ बांच्न अती कठिन भो

Sunday, November 2, 2014

Aasis chha timilaai mai jhai runu paros - आशिश छ तिमीलाई मै झै रुनु परोस

आशिश छ तिमीलाई मै झै रुनु परोस
मानिस नचिन्नेलाई पत्थरै हुनु परोस

तिमी धेरै धेरै हांस तर छटपटाइ हांस
रगतको आशु पुछी बिबस भएर हांस
तिम्रो आकाशमा कतै तारा र जुन नहुन
तिम्रो बसन्तमा कतै बास्ना र फूल नहुन

तिमी धेरै धेरै बांच तर ढुङ्गा बन्दै  बांच
एक मुठी माया खोजी कल्पी कल्पी बांच
तिमी पानी पिउन जादा गागरहरु सुकुन
तिमी बाटो खोजी हिड्दा बत्तिहरु निभुन
आशिश छ तिमीलाई मै झै रुनु परोस
मानिस नचिन्नेलाई पत्थरै हुनु परोस

Ekachoti kadalai mwai khane - एकचोटी कांडालाई म्वाइं खाने धोको बांकी छ - By Natikaji Shrestha

स्वर : नातिकाजी श्रेष्ठ
एकचोटी कांडालाई म्वाइं खाने धोको बांकी छ
जिन्दगीको अधेरोमा हराउने धोको बांकी छ

संसारमा म यती सस्तो कि म आँफै मलाई किन्दिन
कस्तो हुन्छ मान्छेको रुप मानिस नै हेरेर चिन्दिन
एकचोटी मुर्दासँग मित लाउने धोको बाँकी छ
जिन्दगीको अधेरोमा हराउने धोको बांकी छ
एकचोटी कांडालाई म्वाइं खाने धोको बांकी छ
जिन्दगीको अधेरोमा हराउने धोको बांकी छ