शब्द : लक्ष्मण लोहनी ,
संगीत तथा स्वर : हरी प्रसाद रिमाल; सह गायक : ध्रुब के सी
कल्ले कल्ले कैले कैले डाक्छ मलाई डाक्छ
केले केले कसरी कसरी छोए जस्तो लाग्छ
पानी भित्र छ शक्ति भन्दै खोलानाला डाक्छ
धर्तीभित्र छ शक्ति भन्दै डाँडाकाँडा डाक्छ
फूलहरूको अरख खिचेर छर्छौं भन्दै हावा डाक्छ
मेरो मुटुको न्यानो माया पौरख खोज्दै माटो डाक्छ
कल्ले कल्ले कैले कैले डाक्छ मलाई डाक्छ
केले केले कसरी कसरी छोए जस्तो लाग्छ
पोखिएको घाम उघाइ अर्घ दिएर हिमचुली डाक्छ
धर्तीलाई जूनको माया फूलले अमृत पिउँदै डाक्छ
आकाश भेट्ने तरखर गर्दै बादल मतिर हेर्दै डाक्छ
आफूभित्र छ शक्ति भन्दै आफ्नो मनको चेतले डाक्छ
कल्ले कल्ले कैले कैले डाक्छ मलाई डाक्छ
केले केले कसरी कसरी छोए जस्तो लाग्छ
No comments:
Post a Comment