शब्द : शहदेव शमशेर , संगीत : नातीकाजी , स्वर : पन्नाकाजी शाक्य
नौलाखे तारा बन्दछौ तिमी म पुग्न सक्दिनँ
एकहोरो माया मात्रै भो फकाउन सक्दिनँ --२
टाढैको सलाम स्विकार तिमी म आउँन सक्दिनँ -२
सम्झनापिच्छे दिल रुन्छ हरे म रुन सक्दिनँ
एकहोरो माया मात्रै भो फकाउन सक्दिनँ
काँबाट भयो यहाँको बास म भुल्न सक्दिनँ -२
बिरहीको गीतमा गुन्जिन्छौ तिमी म खोल्न सक्दिनँ
एकहोरो माया मात्रै भो फकाउन सक्दिनँ
नौलाखे तारा बन्दछौ तिमी म पुग्न सक्दिनँ --२
No comments:
Post a Comment