Tuesday, April 14, 2026

कल्ले कल्ले कैले कैले डाक्छ मलाई डाक्छ - Kalle kalle kaile kaile dakchha malai dakchha - By Hari Prasad Rimal

 शब्द : लक्ष्मण लोहनी , 

संगीत तथा स्वर  : हरी प्रसाद रिमाल;  सह गायक  : ध्रुब के सी 


कल्ले कल्ले कैले कैले डाक्छ मलाई डाक्छ

केले केले कसरी कसरी छोए जस्तो लाग्छ 


पानी भित्र छ शक्ति भन्दै खोलानाला डाक्छ 

धर्तीभित्र छ शक्ति भन्दै डाँडाकाँडा डाक्छ        

फूलहरूको अरख खिचेर छर्छौं भन्दै हावा डाक्छ 

मेरो मुटुको न्यानो माया पौरख खोज्दै माटो डाक्छ 

कल्ले कल्ले कैले कैले डाक्छ मलाई डाक्छ

केले केले कसरी कसरी छोए जस्तो लाग्छ 


पोखिएको घाम उघाइ अर्घ दिएर हिमचुली डाक्छ

धर्तीलाई जूनको माया फूलले अमृत पिउँदै डाक्छ 

आकाश भेट्ने तरखर गर्दै बादल मतिर हेर्दै डाक्छ 

आफूभित्र छ शक्ति भन्दै आफ्नो मनको चेतले डाक्छ 

कल्ले कल्ले कैले कैले डाक्छ मलाई डाक्छ

केले केले कसरी कसरी छोए जस्तो लाग्छ 


Monday, January 12, 2026

नौलाखे तारा बन्दछौ तिमी - Nau Lakhe tara bandachhau timi - By Pannakaji Shakya

शब्द : शहदेव शमशेर , संगीत : नातीकाजी ,  स्वर  : पन्नाकाजी शाक्य


नौलाखे तारा बन्दछौ तिमी म पुग्न सक्दिनँ 

एकहोरो माया मात्रै भो फकाउन सक्दिनँ       --२


टाढैको सलाम स्विकार तिमी म आउँन सक्दिनँ -२ 

सम्झनापिच्छे दिल रुन्छ हरे म रुन सक्दिनँ 

एकहोरो माया मात्रै भो फकाउन सक्दिनँ 


काँबाट भयो यहाँको बास म भुल्न सक्दिनँ -२ 

बिरहीको गीतमा गुन्जिन्छौ तिमी म खोल्न सक्दिनँ 

एकहोरो माया मात्रै भो फकाउन सक्दिनँ 

नौलाखे तारा बन्दछौ तिमी म पुग्न सक्दिनँ      --२ 

Saturday, January 3, 2026

म रातलाई उबाऊदैछु - Ma raatlai ubaudaichhu - By Manik Ratna Sthapit

शब्द : किरण खरेल ; स्वर  : माणिकरत्न स्थापित


म रातलाई उबाऊदैछु लूलाऊदै लूलाऊदै 

निदरीहरु नआओ मलाई बोलाऊदै बोलाऊदै   -- २


चिहाऊदै आफ्ना नौ लाख नयन हिराका ताराले 

नूहाऊछे आज एउटी परी जूनका धाराले

ऊसलाई चुमि आएको हावा गम्कन्छ वास्ना भई

ऊसको जीऊबाट तर्केको पानी चम्कन्छ मोती भई

म रातलाई उबाऊदैछु लूलाऊदै लूलाऊदै 

निदरीहरु नआओ मलाई बोलाऊदै बोलाऊदै


ऊसले कपाल फुकाई क्यारे बादल छरियो  

ऊ एक्लै पनि लजाई क्यारे कुसुम निउरियो 

ऊसलाई लाज लागेर हो कि लाल भो आकाश

ऊसले सास रोकेर हो कि अडेको बतास

म रातलाई उबाऊदैछु लूलाऊदै लूलाऊदै 

निदरीहरु नआओ मलाई बोलाऊदै बोलाऊदै

म रातलाई उबाऊदैछु लूलाऊदै लूलाऊदै 

Sunday, June 22, 2025

मन भाँच्ने कुरा, मन राख्ने कुरा - Man bhachne kura, man rakhne kura - By Gopal Yonjan

 शब्द, संगीत, तथा स्वर : गोपाल योञ्जन


मन भाँच्ने कुरा, मन राख्ने कुरा 

मन पर्ने कुरा, मन भर्ने कुरा 

म व्यस्त छु बरु सुनाऊ, केही कामका कुरा             ---२

म व्यस्त छु बरु सुनाऊ, केही कामका कुरा 


यो प्रेम दया

यो प्रेम दया मानिसका कमजोरी हुन 

यसलाई देखाउनु अरु अघि त्यो भूल हो   --२

सहरको भीडभाडमा एकान्तका कुरा 

संघर्षको मैदानमा आदर्शका कुरा

म व्यस्त छु बरु सुनाऊ, केही कामका कुरा  -२


तिमी भन्दछौ 

तिमी भन्दछौ तिमीले दियौ त्यो प्रेम हो 

दिलसित खेल्ने अमिरको त्यो खेल हो   --२

घरको ठेगान छैन यहाँ, संसारका कुरा

आफ्नै प्रमाण छैन यहाँ, सन्तानका कुरा

म व्यस्त छु बरु सुनाऊ, केही कामका कुरा -२

मन भाँच्ने कुरा ............................

फूलेका फूलहरु बोटमै रमाऊन दिनु - Fuleka Fulaharu Botmai Ramauna Dinu - By Gopal Yonjan

शब्द, संगीत, तथा स्वर : गोपाल योञ्जन

फूलेका फूलहरू बोटमै रमाऊन दिनु -२ झरेछ कोहि भने यो छातीमा सिउरिदिनु फूलेका फूलहरू

बिताऊ तमाम घडी वसन्तको माँझ -२ कतै तुवाँलो परेमा म पनि छु सम्झिदिनु जितेर हार्छ कोहि हारेरै जित्छ कोहि -२ हारेरै जित्छौ भने मेरो साथ खेलीदिनु फूलेका फूलहरू 

किन धक मान्नु कोहि मन खोली खोली रुनु जिन्दगीको नाम त हो अलि हाँस्नु र रुनु }-२ आकाश - आकाश नै हो उठाऊनु पर्दैन -२ दबेका पाऊमुनिका धुलोलाई उठाईदिनु धुलैको गीत हो यो धुलैको धुन हो यो -२ धुलैमा मिल्छौ भने मेरो साथ गाईदिनु फूलेका फूलहरू .................

Friday, January 31, 2025

अब भन्नलाई तिमीले जेसुकै भन्दा हुन्छ - Aba Bhannalaai Timile Je Sukai Bhanda Hunchha - By Bhaktaraj Acharya

स्वर : भक्तराज आचार्य 


अब भन्नलाई तिमीले जेसुकै भन्दा हुन्छ - २

एक मुठी सास फेर्न सानो आकासले पुग्छ 

अब भन्नलाई तिमीले जेसुकै भन्दा हुन्छ


यौवन उडेर जाओस बादल हराए जस्तै - २

जीवन गलेर जाओस पहरा रसाए जस्तै 

तर हिंड्नलाई पाईला जस्तै भएनी हुन्छ - २

तिम्रा मोड हराए पनि बाटो त आफैँ बन्छ 

अब भन्नलाई तिमीले जेसुकै भन्दा हुन्छ  


अनुरागका पलाले बिस्मात मलाई हुन्न - २

बिश्वासघातले झन चाल यो मुटुको छुन्न 

एक्लो भएर के भो आफु नै आफ्नो हुन्छ - २

तिमीले नबुझे पनि बुझ्नेले बुझी दिन्छ 

अब भन्नलाई तिमीले जेसुकै भन्दा हुन्छ 

एक मुठी सास फेर्न सानो आकासले पुग्छ 

अब भन्नलाई तिमीले जेसुकै भन्दा हुन्छ

Friday, January 12, 2024

पर्खेर बस त्यो डाँडापारी अबस्य आउँछु - Parkhera basa tyo dadapari - By Bachchu Kailash

शब्द, संगीत तथा स्वर : बच्चुकैलाश 


पर्खेर बस त्यो डाँडा पारी अबस्य आँऊछु 

कुरेर बसी यो डाँडा वारी म गीत गाऊँछु 

पर्खेर बस त्यो डाँडा पारी


पिलपिले बत्ती साँझको भोली ननीभी हुँदैन 

वारी र पारी बिछोड सधैं कसैको हुँदैन 

हृदयको आखिरी भाषा माया हो भनेर 

गाँसेर बस प्रितीका फूल मालामा ऊनेर 

अबस्य आँऊछु 

कुरेर बसी यो डाँडा वारी म गीत गाऊँछु 

पर्खेर बस त्यो डाँडा पारी


शितका थोपा परेका मुना फूलको सरीतै  

दुई थोपा आँशु जडेर राख निस्केका आँखामै 

हुँदैन सधैं जुनेली रात प्रकृति क्रममा 

नलेउ पिर नलिउ सुर्ता बिछोडको घडीमा 

अबस्य आँऊछु 

कुरेर बसी यो डाँडा वारी म गीत गाऊँछु 

पर्खेर बस त्यो डाँडा पारी

आँऊ भने गाँऊ छ टाढा - Aau bhane gaau chha tadha - By Natikaji Shrestha

 शब्द : रबिन्द्र शाह ; संगीत तथा स्वर : नातिकाजी श्रेष्ठ 


आँऊ भने गाँऊ छ टाढा, जाँऊ भने बिछट्टै माया छ 

लाँऊ भने फूलको थुँगा, ओईली जाने दुइदिने छाँया छ 


जतीजती लर्किन्छ आँखा, उतीउती तर्किने यो दिन -२ 

राती राती धड्कन्छ मुटु, कती कती चर्किने यो मन 

आँऊ भने गाँऊ छ टाढा, जाँऊ भने बिछट्टै माया छ



सधैंभरी गुनासो गरी, के को माला यो मैले गुथेंछु - २  

कस्तो प्रिती गरेर मैले , रातैभरी तस्विर कुधेछु 

आँऊ भने गाँऊ छ टाढा, जाँऊ भने बिछट्टै माया छ 

लाँऊ भने फूलको थुँगा, ओईली जाने दुइदिने छाँया छ

Thursday, January 5, 2023

न फूल चढाएँ न माला चढाएँ - Na Phool Chadaye Na Mala Chadaye - By Gopal Yonjan

शब्द, संगीत तथा स्वर : गोपाल योन्जन

 आ आ ........................ 

न फूल चढाएँ न माला चढाएँ

यि तिम्रै गीत तिमीलाई चढाएँ -- २   

न फूल चढाएँ न माला चढाएँ


यो आवाज पाएँ तिमीलाई गाउँन  

मेरा हातहरु तिमीलाई पुज्न 

यो आवाज पाएँ  

आ आ ...............................

आवाज पाएँ तिमीलाई गाउँन   

मेरा हातहरु तिमीलाई पुज्न 

दृष्‍टि मेरा तिमीलाई पढ्न 

श्रवण यि केवल तिमीलाई सुन्न 

न महल बनाएँ न दिपक जलाएँ 

यो मन्को कुटीमा आमा बोलाएँ   

न फूल चढाएँ न माला चढाएँ

यि तिम्रै गीत तिमीलाई चढाएँ    

न फूल चढाएँ न माला चढाएँ

आ आ .................................

यो सरगम यो साज यो आवाजमा आमा 

तिमी नै तिमी नै बसेको म पाउँछु 

यो सरगम  

आ आ आ आ आ हाए   

ग म ध नि सा  

नि सा नि ध 

ध ग 

ग रे रे सा सा नि नि ध ध म म ग 

म ग रे म ग रे म ग रे 

सा रे ग सरगम यो साज यो आवाजमा आमा

तिमी नै तिमी नै बसेको म पाउँछु 

न बरदान मागेँ न शक्ती नै माँगे - २  

तिम्रो स्तन्को एक बूद माँगे 

सबथोक तिम्रै चढाँउथेँ तिमीलाई 

म आँफैलाई आमा आज चढाएँ

न फूल चढाएँ न माला चढाएँ

यि तिम्रै गीत तिमीलाई चढाएँ   

न फूल चढाएँ न माला चढाएँ  

Monday, September 12, 2022

सबलाई रिझाउँ भन्दा - भत्केको गोरेटोमा लाखौंँ अभागी हिड्छन् - Sabalaai Rijhaau Bhanda - By Narayan Gopal

शब्द/संगीत: गोपाल योञ्जन ; स्वर: नारायण गोपाल


सबलाई रिझाउँ भन्दा 

आ ~ ~ ~ ~ ~ 

भत्केको गोरेटोमा लाखौंँ अभागी हिड्छन् 

सबलाई बाटो दिँदा म भिरमा खसेछु     --}२ 

सबलाई अड्याउँ भन्दा आँफै पो टेकिएछु 

मेरो कोही भएन सबैको म भएछु - २ 

सबलाई रिझाउँ भन्दा 


आ ~ ~ ~ ~ ~ 

पहाडको मुटु छोए साँचै नै ढुङ्गा रैछ 

उम्लाउ खून भनेको मेरै मुटु फुटेछ    --}२               

जाडोले कक्रिएका मेरो प्यारो प्यारो सन्तान 

सबलाई तताउँ भन्दा मेरो घर पो सल्किएछ 

मुर्दा जगाउँ भन्दा आँफै पो तर्सिएछु 

मेरो कोही भएन सबैको म भएछु - २ 

सबलाई रिझाउँ भन्दा 

आ ~ ~ ~ ~ ~ 

Thursday, August 25, 2022

मलाई जिन्दगी यो लाग्दछ - Malai Jindagi yo Lagdachha- By Narayan Gopal

शब्द/संगीत: गोपाल योञ्जन ; स्वर: नारायण गोपाल मलाई जिन्दगी यो लाग्दछ, तिमी भन्दछौ यो पीर हो जे छन सबै ति व्यर्थ छन, तिमी भन्दछौ यो प्यार हो मलाई जिन्दगी यो लाग्दछ बहकिन्छु म सन्तापले सल्केर आगो जल्दछु खाली भएर सुन्यझैँ यहाँ खण्डहरझैँ जिउँदछु मेरा सारा-सारा भावलाई आकाश मेरो भन्दछु तर मोहलाई म के भनूँ ? तिमी भन्दछौ यो भार हो मलाई जिन्दगी यो लाग्दछ पोखिएकै म पानी भै कहीं शीत भई म अल्झिए थाम्न नसक्दा वेदना कहिँ घाऊ भएर बल्झिए - २ निर्दोष अनेक नजरमा म आँशु बनेर रोकिए मझधारलाई म के भनूँ ? तिमी भन्दछौ यो किनार हो मलाई जिन्दगी यो लाग्दछ, तिमी भन्दछौ यो पीर हो मलाई जिन्दगी यो लाग्दछ


Wednesday, August 24, 2022

मेरो सानो संसार तिमीलाई अटेन - Mero Sano Sansar - by Narayan Gopal

स्वर : नारायण गोपाल , शब्द तथा संगीत : दिब्य खालिङ 

 हा हा ~ ~ ~ ~ ~ ~ ~

मेरो सानो संसार तिमीलाई अटेन - २  

मेरो चोखो माया तिमीलाई पुगेन 

मेरो घाम र जून तिमीलाई रुचेन 

मेरो सानो संसार तिमीलाई अटेन 


मायाको उजेलोलाई मैले रात भनिन - २ 

तिमीले जती दिन चाह्यौ मैले कम भनिन - २ 

तिमी सत्यलाई चाहे गल्ती ठान  

दुइटा मन जलाउने म आँफैलाई ठान्छु  

मेरो सानो संसार तिमीलाई अटेन  


टिठ्याएर दिए जस्तो मायानै चाहिनँ - २  

तिमीले दिनुपर्ने भनी बाचानै राखिनँ 

तिमीलाई दिनुपर्ने भनी बाचानै राखिनँ 

तिमी अरुलाई चाहे जे सुनाउ 

मन्को ब्यथा म आँफैलाई सुनाउँछु 

मेरो सानो संसार तिमीलाई अटेन  

Monday, February 28, 2022

लाजले तिमी झुकिदिदा - Laajale timi jhukididaa - By Kalyan + Biju Rimal

शब्द : रबिन्द्र शाह  ;  संगीत : कल्याण रिमाल ;   स्वर : कल्याण + बिजु रिमाल 


लाजले तिमी झुकिदिदा फूल पनि लर्किन्छ 

आँखा देखी टाढा  टाढा हुँदा मेरो छाती चर्किन्छ  

लाजले तिमी झुकिदिदा 


नठान मलाई अर्काको - प्यार तिम्रै लागि छ 

नठान तिमी अर्काको - आश अझै बाँकी छ 

नछोडी जाउ आशु तर्किन्छ 

लाजले तिमी झुकिदिदा 


बादलूमा लुकी बस्ने - चन्दा मेरो नाँउ हो 

ताराबिच हाँसी बस्ने - माया मेरो नाँउ हो 

तिमी आईदिए पास - बहार आँफै फर्किन्छ 

लाजले तिमी झुकिदिदा 


Friday, July 16, 2021

हे मेरी गौँथलै संसारको मनमा बसौलै - Hey meri gauthalai sansarako manma basaulai- By Ratna Behosi Bajracharya

हे मेरी गौँथलै संसारको मनमा बसौलै - २ 

तिमीलाई चौबन्दी
तिमीलाई चौबन्दी चोलो खुबै सुहाउँछ रे - २
त्यही चोलोले नेपालीपन ल्याउँछ रे - २
तिमीलाई ढाकाको
तिमीलाई ढाकाको टोपी खुबै सुहाउँछ रे - २
त्यही टोपिले स्वोदेशी गीत गाउँछ रे - २
तिमीलाई ढाकाको

हे मेरी गौँथलै संसारको मनमा बसौलै

 

किन तिमी लाउदिनौ चुरा र धागो - २
किन तिमी लाउदिनौ शिरमा शिरबन्दी - २
तिमीलाई दुई चुल्ठो
तिमीलाई दुई चुल्ठो कपाल खु
बै सुहाउँछ रे- २  
तिमीलाई ढाकाको
हे
मेरी गौँथलै संसारको मनमा बसौलै 

 

आहा कती राम्रो छ नेपाली पहिरन - २
आहा कती मिठो छ नेपाली बोली - २
तिमीलाई कम्मरमा
तिमीलाई कम्मरमा खुकुरी खुबै सुहाउँछ रे - २
त्यही खुकुरिले नेपाली शान ल्याउँछ रे - २

तिमीलाई
चौबन्दी
तिमीलाई चौबन्दी चोलो खुबै सुहाउँछ रे - २
त्यही चोलोले नेपालीपन ल्याउँछ रे - २
तिमीलाई ढाकाको
तिमीलाई ढाकाको टोपी खुबै सुहाउँछ रे - २
त्यही टोपिले स्वोदेशी गीत गाउँछ रे - २
तिमीलाई ढाकाको

हे मेरी गौँथलै संसारको मनमा बसौलै
 

Saturday, December 19, 2020

पलक झारी जमिन कोरी - Palak Jhaari Jamin Kori- by Premdhoj + Taradevi

रचना : म. बि. बि. शाह ;   संगीत : नातिकाजी श्रेष्ठ ;   स्वर : प्रेमध्वज + तारादेबी  

पलक झारी जमिन कोरी घुम्टोमा लुकेर
दुलहीसरी मुसुक्क हाँस्ने त्यो मान्छे कस्तो छ ?
झुल्केको घाम परेको सुनी सुन्दर प्रभात
दुई डाँडा टेक्ने इन्द्रेणीसरी त्यै मान्छे जस्तो छ

उशाको बेला शितको थोपा केशमा जडेर
सिमृक टिका गाजल कोर्ने त्यो मान्छे कस्तो छ ?
दिनमा सधैँ सम्झना बनी आँखामा ढुकेर
रातमा पनि सपना हुने त्यै मान्छे जस्तो छ ।  

ओठको लाली घामको पारी साँझाको सोरेर
फूलको बास सासमा झार्ने त्यो मान्छे कस्तो छ ?

दु:खमा आज आशुको थोपा मायाले पुछेर
सुखको भोली देखाईदिने त्यै मान्छे जस्तो छ ।   

साउने झरी भदौरे पानी कात्तिक पुर्णिमा
शृस्टी बिच शृङ्गार भर्ने त्यो मान्छे कस्तो छ ?

सरद मास अधुरो आश फूलेको बसन्त
कलीला मुना गुराँस थुँगा त्यै मान्छे जस्तो छ
पलक ..........,    झुल्केको  ..............

हिमाली हावा झारेका जल पहरा चिरेर
छहरा बजी सहारा दिने त्यो मान्छे कस्तो छ ?

बर्ष|को रात बादलु च्याती जुनले निस्कँदा
चाँदनिबाट छल्केको रात त्यै मान्छे जस्तो छ । 

सुरेली खेली चन्द्रलोकबाट पृथ्बी झरेर
जुनली घाम छरेर जाने त्यो मान्छे कस्तो छ ?

परेलिबिच मुटुको मेरो लुकेर बसेर
सुटुक्क आई ओठमा चुम्ने त्यै मान्छे जस्तो छ
पलक............   झुल्केको ...........
त्यै मान्छे जस्तो छ
 
 

Saturday, December 5, 2020

चाँडै आउ है - Chadai Aau Hai- By Dipak Jangam + Taradevi

स्वर :  दीपक जङ्गम + तारा देवी 

चाँडै आउ है
उनले अंगालो हालेर भनिन
चाँडै आउ है     --२
आँखाको बत्ती बालेर भनिन
चाँडै आउ है    --२
चाँडै आउ है

केहि सुन्न बाँकी नै छ केहि भन्न बाँकी नै छ
को हुँ के हुँ कस्तो हुँ म सायद चिन्न बाकी नै छ --२

मुटुको ढोका खोलेर भनिन
चाँडै आउ है
उनले अंगालो हालेर भनिन
चाँडै आउ है

उनको मनमा कुन्नी के लाग्यो  सायद बाँच्ने इच्छा जाग्यो 
उराठ लाग्ने उदास लाग्ने या एक्लोपन टाढा भा
ग्यो
मायाको रङ घोलेर भनि
न 
चाँडै आउ
है
उनले अंगालो हालेर भनिन
चाँडै आउ
है -२ 
अं हं हं हं -२

 

 

 



 

Saturday, November 28, 2020

म त्यही दिन पर्खीरहुँला- Ma tyahi din parkhirahulaa- By Kalyan + Biju Rimal

 

स्वर : कल्याण + बिजु रिमाल

हा हा हा हो ओ
म त्यही दिन पर्खीरहुँला
अनी यही गीत गाईरहुँला
अनी यही गीत गाईरहुँला 
म त्यही दिन पर्खीरहुँला

मेरो हृदयभित्र तिम्रै कथा छ
मेरो छातिभित्र यौटै ब्यथा छ
मेरो
आँखाबाट टाढा तिमी छौ
मेरो आँखाबाट टाढा तिमी छौ
तिमीलाई खोजी आईरहुँला  
हो हो हो गाईरहुँला  -२

म त्यही दिन पर्खीरहुँला
अनी यही गीत गाईरहुँला

मेरो जवानी छ अन्धकारमा
मेरो कहाँनी छ मजधारमा
मेरो मुटुबाट
टाढा तिमी छौ
मेरो मुटुबाट टाढा तिमी छौ
तिमीलाई सम्झी बाँचिरहुँला
  
हो हो हो गाईरहुँला  -२

म त्यही दिन पर्खीरहुँला
अनी यही गीत
हो हो हो ......... 

 

 


 



यो दिन उज्यालो भएन - Yo din ujyaalo bhayena- By Kalyan + Biju Rimal

 

 शब्द : राममान तृषित ; स्वर : कल्याण रिमाल + बिजु रिमाल 


यो दिन उज्यालो भएन मेरो साथ हजुर नहुँदा
आँखामा निद भएन दुइ रात हजुर नहुँदा --२

हजुरैको याद दिएर यहाँ फूल फूलेको हुन्छ -२
सन्ध्या खुलेको हुन्छ बत्ती बलेको हुन्छ
आगोसरी भो बल्ने बर्षात हजुर नहुँदा

आँखामा निद भएन दुइ रात हजुर नहुँदा 

निरस यहाँको चन्दा निरस यहाँका तारा -२
निरस धराको सारा निरस उशा किनारा
पिडासरी भो दिलमा उन्माद हजुर नहुँदा
आँखामा निद भएन दुइ रात हजुर नहुँदा
हं हं हं
हं हं हं हं

Monday, November 23, 2020

मनमा माया तनमा माया- Manma Maya Tanma Maya- By Manik Ratna Sthapit + Tara Devi

शब्द : किरण खरेल ; संगीत : शिवशंकर + चन्द्रराज शर्मा  ; स्वर : माणिकरत्न + तारादेवी


मनमा माया
मनमा माया तनमा माया तैपनी माया खोज्न सकिनँ 
मनमा जो छ तनमा जो छ उसलाई नै रोज्न सकिनँ 
मनमा माया   

हर जनममा तिमीसँग मिलु, हर बाटोमा तिमीसँग डुलुँ
तिमीलाई अङ्गालो हालेर, संसार भुलु अनि स्वर्ग भुलुँ
हर पाइलामा तिम्रो हात समाऊँ, हर हाँसोमा तिम्रो साथ रमाऊँ
मन लाग्छ मलाई तिम्रो सामु रुँदै, दिन बिताऊँ अनि रात बिताऊँ   

मनमा माया   

निर्बल फूलमा बसन्त जाँदा, पछ्यौरा समाई सक्दिन तान्न
आफ्नो मुटुको ढुकढुकिलाई, आफ्नै भनेर पाँउदिन मान्न

कती कती कुरा यस्ता हुन्छन, मन लागे पनि भन्न हुँदैन
कती फूलहरु राम्रा भएपनी, तीनको  माला उन्न हुँदैन

मनमा माया    

कस्तो मिलन यो कस्तो खुशी यो, रुन नहुने अनि हाँस्न नदिने
हृदय पोल्ने यो कस्तो रहस्य, खोल्न नहुने अनि बोल्न नदिने
लाग्दछ जीवन नाटकजस्तो, अभिनय हामी गरिरहेछौँ
बाँच्ने रहरलाई कुल्चिन खोजि, जीउदै हामी मरिरहेछौँ 
मनमा माया तनमा
माया तैपनी माया खोज्न सकिनँ 
मनमा जो छ तनमा जो छ उसलाई नै रोज्न सकिनँ 
मनमा माया  


Sunday, November 15, 2020

नमान लाज यस्तरी - Namana Laaj Yastari- By Premdhoj Pradhan + Usha Mangeskar

शब्द : किरण खरेल ; संगीत : जयदेव ; स्वर : प्रेमध्वज प्रधान + उशा मङ्गेश्कर
 

नमान लाज यस्तरी कि झुम्छ जीन्दगी मेरो
नआऊ सामु यस्तरी कि अड्छ ढुकढुकी मेरो
नआऊ सामु यस्तरी
  

त्यो घुम्टो म ऊचालुँ कि, मुहार त्यो नियालु कि !
भुलेर आफुलाई नै, हजुरमै हराऊ कि !!
नमान लाज यस्तरी 
कि अड्छ ढुकढुकी मेरो
नआऊ सामु यस्तरी 
 

यो बैँशमा बतासिँदै, न आऊन अकासिँदै ।
के थाहा न भोली कल्पिई, रुनु छ कि निसासिँदै ।।

नआऊ सामु यस्तरी
कि झुम्छ जीन्दगी मेरो
नमान लाज यस्तरी 

यताऊता नशा छरौँ, मिठामिठा कुरा गरौँ ।
की हामी एक अर्काको, नगिचमै जीऔँ मरौँ  ।।
नमान लाज यस्तरी 
कि अड्छ ढुकढुकी मेरो
न आऊ सामु यस्तरी

जतन गरेको दिल मेरो , नटिप है यो फूल मेरो
म प्रेममा डराऊँछु, हुने हो कि यो भूल मेरो

आऊ सामु यस्तरी
कि झुम्छ जीन्दगी मेरो
नमान लाज यस्तरी