हे मेरी गौँथलै संसारको मनमा बसौलै - २
तिमीलाई चौबन्दी
तिमीलाई चौबन्दी चोलो खुबै सुहाउँछ रे - २
त्यही चोलोले नेपालीपन ल्याउँछ रे - २
तिमीलाई ढाकाको
तिमीलाई ढाकाको टोपी खुबै सुहाउँछ रे - २
त्यही टोपिले स्वोदेशी गीत गाउँछ रे - २
तिमीलाई ढाकाको
हे मेरी गौँथलै संसारको मनमा बसौलै
किन तिमी लाउदिनौ चुरा र धागो - २
किन तिमी लाउदिनौ शिरमा शिरबन्दी - २
तिमीलाई दुई चुल्ठो
तिमीलाई दुई चुल्ठो कपाल खुबै सुहाउँछ रे- २
तिमीलाई ढाकाको
हे मेरी गौँथलै संसारको मनमा बसौलै
आहा कती राम्रो छ नेपाली पहिरन - २
आहा कती मिठो छ नेपाली बोली - २
तिमीलाई कम्मरमा
तिमीलाई कम्मरमा खुकुरी खुबै सुहाउँछ रे - २
त्यही खुकुरिले नेपाली शान ल्याउँछ रे - २
तिमीलाईचौबन्दी
तिमीलाई चौबन्दी चोलो खुबै सुहाउँछ रे - २
त्यही चोलोले नेपालीपन ल्याउँछ रे - २
तिमीलाई ढाकाको
तिमीलाई ढाकाको टोपी खुबै सुहाउँछ रे - २
त्यही टोपिले स्वोदेशी गीत गाउँछ रे - २
तिमीलाई ढाकाको
हे मेरी गौँथलै संसारको मनमा बसौलै
No comments:
Post a Comment