रचना : किरण खरेल ; संगीत : शिवशंकर ; स्वर : माणीकरत्न स्थापित
तिमीले चुमेका औलाहरु तिमी नै लिएर जाउ
तिमीले चुनेका गीतहरु तिमी नै समेटी जाउ
एकएक गरेर भन्छु कती भाग्यमानी भन्थ्यौ
मेरो गीत घोच्ने औंला माया गरेर चुम्थ्यौ
तिमीभित्र नै डुबेर मेरा गीत छान्दथें म
तिमीलाई देबताको बरदान ठान्दथें म
तिमीले चुमेका औंलाहरु .........
तिमी के गयौ मबाट मेरो छाया नै बिलायो
मेरै रसिलो गीतले मेरो जिन्दगी जलायो
जब जानेबेला रोयौ मतिर फर्किफर्की
निसास्सी भाग्न थाले मैदेखी तर्कितर्की
तिमीले चुमेका औंलाहरु ..................
Thursday, November 19, 2015
Tuesday, November 17, 2015
Masanga kun janamko yo timi badala - मसँग कुन जनमको यो तिमी बादला लिदैछौ हं- By Manik Ratna Sthapit
रचना : किरण खरेल , स्वर : माणीकरत्न स्थापित
मसँग कुन जनमको यो तिमी बादला लिदैछौ हं
हरेक पाइला पाइलामा तिमी धोका दिदैछौ हं
मेरो आशु आशु नै हो नठान पानी यसलाई
मुटु यो मानीसकै हो नठान पुर्जा यसलाई
मलाई बेहोस पारेर किन टाढा हुँदैछौ हं
मसँग कुन ...........................
म निभ्न लागेको बत्ती नफुक बल्नदेउ एकछिन
भिखारी सम्झेरै भैगो मलाई दान देउ एकदिन
मलाई जिउदै मारेर कती नाफा लिदैछौ हं
मसँग कुन ...................................
..................................................
मसँग कुन जनमको यो तिमी बादला लिदैछौ हं
हरेक पाइला पाइलामा तिमी धोका दिदैछौ हं
मेरो आशु आशु नै हो नठान पानी यसलाई
मुटु यो मानीसकै हो नठान पुर्जा यसलाई
मलाई बेहोस पारेर किन टाढा हुँदैछौ हं
मसँग कुन ...........................
म निभ्न लागेको बत्ती नफुक बल्नदेउ एकछिन
भिखारी सम्झेरै भैगो मलाई दान देउ एकदिन
मलाई जिउदै मारेर कती नाफा लिदैछौ हं
मसँग कुन ...................................
..................................................
Saturday, November 14, 2015
Naya barsako upalakshyamaa timilai subhakamana - नयाँ बर्षको उपलक्ष्यमा तिमीलाई शुभकामना - By Manik Ratna Sthapit
स्वर : माणीकरत्न स्थापित
नयाँ बर्षको उपलक्ष्यमा तिमीलाई शुभकामना
मेरी उशाको लाली तिमीलाई
मेरी ताराको ज्योति तिमीलाई
आजको सिङ्गै दिन तिमीलाई
मेरो सिङ्गै मन तिमीलाई
बिहान झुल्कने पहिलो घाम तिम्रो कपालबाट खुलोस
बैशाखमा फुल्ने पहिलो फूल तिम्रो गालाबाट फुलोस
मेरी उशाको ..........,..........,..........
नयाँ बर्षझै तिमी सबैमा नयाँ उमङ्ग भर्न सक
मेरो आधा उमेर लिई एकदिन बढ्ता बाँच्न सक
मेरी पारुको गीत तिमीलाई
रजनिको जुन तिमीलाई
नयाँ बर्षको उपलक्ष्यमा तिमीलाई शुभकामना
मेरी उशाको लाली तिमीलाई
मेरी ताराको ज्योति तिमीलाई
आजको सिङ्गै दिन तिमीलाई
मेरो सिङ्गै मन तिमीलाई
बिहान झुल्कने पहिलो घाम तिम्रो कपालबाट खुलोस
बैशाखमा फुल्ने पहिलो फूल तिम्रो गालाबाट फुलोस
मेरी उशाको ..........,..........,..........
नयाँ बर्षझै तिमी सबैमा नयाँ उमङ्ग भर्न सक
मेरो आधा उमेर लिई एकदिन बढ्ता बाँच्न सक
मेरी पारुको गीत तिमीलाई
रजनिको जुन तिमीलाई
Tuesday, November 10, 2015
Malai timro muskana haina - मलाई तिम्रो मुस्कान हैन - By Shiva Shankar Manandhar
रचना : किरण खरेल ; संगीत र स्वर : शिवशंकर मानन्धर
मलाई तिम्रो मुस्कान हैन तिमी नै चाहिन्छ
केवल यौवन हैन जीवन नै चाहिन्छ
सुखमा मलाई रमाउने साथीले मात्रै पुग्दैन
दु:खमा हात समाउने कोही नभै हुँदैन
मलाई तिम्रो ईशारा हैन नजर नै चाहिन्छ
केवल यौवन हैन जीवन नै चाहिन्छ
तिर्खाएको बेला बगेको खोला हेरेर पुग्दैन
एकमुठी चिसो पानी त पिउन नपाई हुँदैन
मलाई तिम्रो छाया त हैन माया नै चाहिन्छ
केवल यौवन हैन जीवन नै चाहिन्छ
मलाई तिम्रो मुस्कान हैन तिमी नै चाहिन्छ
केवल यौवन हैन जीवन नै चाहिन्छ
सुखमा मलाई रमाउने साथीले मात्रै पुग्दैन
दु:खमा हात समाउने कोही नभै हुँदैन
मलाई तिम्रो ईशारा हैन नजर नै चाहिन्छ
केवल यौवन हैन जीवन नै चाहिन्छ
तिर्खाएको बेला बगेको खोला हेरेर पुग्दैन
एकमुठी चिसो पानी त पिउन नपाई हुँदैन
मलाई तिम्रो छाया त हैन माया नै चाहिन्छ
केवल यौवन हैन जीवन नै चाहिन्छ
Saturday, November 7, 2015
Chhatpata garera nai sadhai - छटपट गरेर नै सधैं - By Natikaji Shrestha
रचना : म बि बि शाह ; संगीत तथा स्वर : नातिकाजी श्रेष्ठ
छटपट गरेर नै सधैं बिती गयो नि रात
छटपट गरेर नै सधैं
दिनमा पनि कहाँ म पांउछु र चयन
तस्बिर उन्कै सामने आएर दिन रात
छटपट गरेर नै सधैं
आईगयो बसन्त ग्रिश्म बर्षा पनि
आशु बनेर नै गयो सरद्को चांदनी
आशु बनेर नै गयो
हेमन्तको बतासमा भयो निराश आस
शिशिरको करुणसरी सारा शरीर छ लाश
छटपट गरेर नै सधैं
छटपट गरेर नै सधैं बिती गयो नि रात
छटपट गरेर नै सधैं
दिनमा पनि कहाँ म पांउछु र चयन
तस्बिर उन्कै सामने आएर दिन रात
छटपट गरेर नै सधैं
आईगयो बसन्त ग्रिश्म बर्षा पनि
आशु बनेर नै गयो सरद्को चांदनी
आशु बनेर नै गयो
हेमन्तको बतासमा भयो निराश आस
शिशिरको करुणसरी सारा शरीर छ लाश
छटपट गरेर नै सधैं
Friday, November 6, 2015
Sagara ho swasni manchhe - सागर हो स्वास्नीमान्छे - By Manik Ratna Sthapit
स्वर : माणीकरत्न स्थापित
सागर हो स्वास्नीमान्छे
उ त बुझ पचाउन सक्छे
सारा रहस्य छातीभित्रै लुकाउन सक्छे
सागर हो स्वास्नीमान्छे
अङगालोबाट आफुलाई उ जान्दछे छुटाउन
बिटुला ओठहरुलाई उ सक्दछे पखाल्न
उ अभिनय गरेर आशु खसाल्न सक्छे
भाबुक लोग्नेमान्छेलाई छिन्मै भुलाउन सक्छे
सागर हो स्वास्नीमान्छे
घुम्टो उघारी हेर्दा उ जान्दछे लजाउन
आँखामा धेरै कुरा उ सक्दछे अटाउन
उ अनेक ख्याल पारी पवित्र बन्न सक्छे
हर एक सत्यलाई कहानी भन्न सक्छे
सागर हो स्वास्नीमान्छे
सागर हो स्वास्नीमान्छे
उ त बुझ पचाउन सक्छे
सारा रहस्य छातीभित्रै लुकाउन सक्छे
सागर हो स्वास्नीमान्छे
अङगालोबाट आफुलाई उ जान्दछे छुटाउन
बिटुला ओठहरुलाई उ सक्दछे पखाल्न
उ अभिनय गरेर आशु खसाल्न सक्छे
भाबुक लोग्नेमान्छेलाई छिन्मै भुलाउन सक्छे
सागर हो स्वास्नीमान्छे
घुम्टो उघारी हेर्दा उ जान्दछे लजाउन
आँखामा धेरै कुरा उ सक्दछे अटाउन
उ अनेक ख्याल पारी पवित्र बन्न सक्छे
हर एक सत्यलाई कहानी भन्न सक्छे
सागर हो स्वास्नीमान्छे
Wednesday, November 4, 2015
Maanisadekhi tarsi tarsi - मानिसदेखी तर्सी तर्सी - By Omkar Gartaula
रचना : किरण खरेल संगीत तथा स्वर ओमकार गर्तौला
मानिसदेखी तर्सी तर्सी म भागीरहेछु
मलाई कोही नडाक राक्षस बनाउन
मानिसदेखी तर्सी तर्सी
यहाँ सत्य बिक्छ यहाँ माया बिक्छ
सबैभन्दा सस्तो यहाँ मानिस बिक्छ
जगत स्वर्ग पार्छु भनी भन्ने मान्छे
बालकलाई झुक्याएर बिष पिलाउछ
कसोरी सहुं अन्याय धोखा यस्तो
कसोरी रहुं चुपचाप मुर्दा जस्तो
मानिसदेखी तर्सी तर्सी .......
.......................................
घरघरमा दानबको पूजा गरिन्छ
मन्दिरमा भगवानको हत्या गरिन्छ
यहाँ शान्ति ल्याउन जन्मेको मान्छे
कोलाहल मचाइ बहुलाई रहन्छ
कसोरी पिउ रगत मिसिएको पानी
कसोरी जिउ पापलाई पुन्य ठानी
मानिसदेखी तर्सी तर्सी ...........
.............................................
मानिसदेखी तर्सी तर्सी म भागीरहेछु
मलाई कोही नडाक राक्षस बनाउन
मानिसदेखी तर्सी तर्सी
यहाँ सत्य बिक्छ यहाँ माया बिक्छ
सबैभन्दा सस्तो यहाँ मानिस बिक्छ
जगत स्वर्ग पार्छु भनी भन्ने मान्छे
बालकलाई झुक्याएर बिष पिलाउछ
कसोरी सहुं अन्याय धोखा यस्तो
कसोरी रहुं चुपचाप मुर्दा जस्तो
मानिसदेखी तर्सी तर्सी .......
.......................................
घरघरमा दानबको पूजा गरिन्छ
मन्दिरमा भगवानको हत्या गरिन्छ
यहाँ शान्ति ल्याउन जन्मेको मान्छे
कोलाहल मचाइ बहुलाई रहन्छ
कसोरी पिउ रगत मिसिएको पानी
कसोरी जिउ पापलाई पुन्य ठानी
मानिसदेखी तर्सी तर्सी ...........
.............................................
Tuesday, November 3, 2015
Jasai kesa timile phukaayau - जसै केश तिमीले फुकायौ - By Ambar Gurung
शब्द संगीत स्वर : अम्बर गुरुङ
जसै केश तिमीले फुकायौ हावा गजबसँग लहरायो
जिन्दगीले हेर मुस्कुरायो
तिमी कौसिमा आई उभियौ कसैले त्यो झ्याल उघार्यो
जिन्दगीले हेर मुस्कुरायो
कलकल झरनामा तिमी नुहायौ
जस्ताइ पहाड झरिमा नुहायो
घाम ताप्दा कलिलो त्यो दिनमा
जिन्दगी नै तिमीमा सुहायो
तिमी बारीको डिलमा उभियौ
तिम्रो आंचल हावाले उडायो
जिन्दगीले हेर मुस्कुरायो
भर्खर लाएकी चोली र सारी
सबै हेर्छन तिमीलाई निहारी
एकछिन पर्खन पुछ मुहार
पसिनाले तिमीलाई सुहायो
जसै डोरिमा रुमाल सुकायौ
अधिर भई त्यो फर्फरायो
जिन्दगीले हेर मुस्कुरायो
..................
.........
जसै केश तिमीले फुकायौ हावा गजबसँग लहरायो
जिन्दगीले हेर मुस्कुरायो
तिमी कौसिमा आई उभियौ कसैले त्यो झ्याल उघार्यो
जिन्दगीले हेर मुस्कुरायो
कलकल झरनामा तिमी नुहायौ
जस्ताइ पहाड झरिमा नुहायो
घाम ताप्दा कलिलो त्यो दिनमा
जिन्दगी नै तिमीमा सुहायो
तिमी बारीको डिलमा उभियौ
तिम्रो आंचल हावाले उडायो
जिन्दगीले हेर मुस्कुरायो
भर्खर लाएकी चोली र सारी
सबै हेर्छन तिमीलाई निहारी
एकछिन पर्खन पुछ मुहार
पसिनाले तिमीलाई सुहायो
जसै डोरिमा रुमाल सुकायौ
अधिर भई त्यो फर्फरायो
जिन्दगीले हेर मुस्कुरायो
..................
.........
Saturday, October 31, 2015
Bujhnai sakinau timile - बुझ्नै सकिनौ तिमीले आँखाको भाका मेरो - By Narayan Gopal
स्वर : नारायण गोपाल
बुझ्नै सकिनौ तिमीले आँखाको भाका मेरो
हजार अर्थ अरुले लाएर के गरु
बुझ्नै सकिनौ तिमीले
मुटु मुटुमा गीत बनी भरिन सक्छु म
अधर अधरमा प्रित बनी छरिन सक्छु म
दोहोर्याइनौ तिमीले मेरो गीत भने सारा
संसारले मिलेर गाएर के गरौ
बुझ्नै सकिनौ तिमीले
सेतो बादल जस्तो निरस यो जिन्दगीलाई
लाचार कामनाले बिबश जिन्दगीलाई
मुस्कानका ईशारा तिमीले दिन सकेनौ भने
संसारको शहारा पाएर के गरु
बुझ्नै सकिनौ तिमीले ..... ....
................................................
बुझ्नै सकिनौ तिमीले आँखाको भाका मेरो
हजार अर्थ अरुले लाएर के गरु
बुझ्नै सकिनौ तिमीले
मुटु मुटुमा गीत बनी भरिन सक्छु म
अधर अधरमा प्रित बनी छरिन सक्छु म
दोहोर्याइनौ तिमीले मेरो गीत भने सारा
संसारले मिलेर गाएर के गरौ
बुझ्नै सकिनौ तिमीले
सेतो बादल जस्तो निरस यो जिन्दगीलाई
लाचार कामनाले बिबश जिन्दगीलाई
मुस्कानका ईशारा तिमीले दिन सकेनौ भने
संसारको शहारा पाएर के गरु
बुझ्नै सकिनौ तिमीले ..... ....
................................................
Wednesday, October 28, 2015
Aruko bharama parnu hudaina - अरुको भरमा पर्नु हुँदैन - By Narayan Gopal
स्वर : नारायण गोपाल
अरुको भरमा पर्नु हुँदैन आफ्नै भरमा ज्युनु
दर्बिलो खुट्टा टेकी सबले गर्बिलो आँखा पार्नु
रैतिहरुमा सिप बढ्यो भने देशको नशिव खुल्छ
हिमचुलिको सुन्तले घामझै हाम्रो देश यो बन्छ
तान चलाऊनु चर्खा काट्नु
रुवो उमारी कपडा बुन्नु
आफ्नै नाच र गानमा रम्नु
स्वाभिमानी भई हिंड्नु
तान चलाऊनु
नुन दिई वा चुन दिई सुनले ढुकुटी भर्नु
सुन भनेको देशको धन हो त्यसको रक्षा गर्नु
हेर फिरङी कस्लान चुस्लान सबले रक्षा गर्नु
तान चलाउनु
अरुको भरमा पर्नु हुँदैन आफ्नै भरमा ज्युनु
दर्बिलो खुट्टा टेकी सबले गर्बिलो आँखा पार्नु
रैतिहरुमा सिप बढ्यो भने देशको नशिव खुल्छ
हिमचुलिको सुन्तले घामझै हाम्रो देश यो बन्छ
तान चलाऊनु चर्खा काट्नु
रुवो उमारी कपडा बुन्नु
आफ्नै नाच र गानमा रम्नु
स्वाभिमानी भई हिंड्नु
तान चलाऊनु
नुन दिई वा चुन दिई सुनले ढुकुटी भर्नु
सुन भनेको देशको धन हो त्यसको रक्षा गर्नु
हेर फिरङी कस्लान चुस्लान सबले रक्षा गर्नु
तान चलाउनु
Sunday, August 16, 2015
Hosiyar yas bakhat samayako mulyalai china होसियार यस् बखत समयको मुल्यलाई चिन - By Bhakta Raj Acharya
रचना : अम्बर गुरुङ संगीत : अम्बर गुरुङ स्वर : भक्तराज आचार्य
होसियार यस् बखत समयको मुल्यलाई चिन
वरिपरिका भिडमा पहिले आफुलाई चिन
होसियार
चिन्नै त पर्छ आफैलाई चिन्दैनौ अहिले नै किन
बितेपछी बित्यो बित्यो पाइन्न फेरी त्यो लिन
होसियार
यो बेला यस्तो बेला हो
यो बेला यस्तो बेला हो सम्हार साथमा उभेको
छलीले अङगालो हालेर पछाडि छुरी धसेको
जो रामको भेष धरेर रावणको कर्तुत गर्दछ
त्यो तिम्रो फुलबारिको बिशालु सर्प हो चिन
होसियार यस् बखत समयको मुल्यलाई चिन
वरिपरिका भिडमा पहिले आफुलाई चिन
होसियार
यस्तो नहोस् कि घाम जुन
यस्तो नहोस् कि घाम जुन बिना तिमी कतै चम्क
कपुतको साथ लागेर आफ्नै घरलाई तिमी लुट
यो देश पृथ्वीको रङ बिरङी फुलबारी हो
प्राण भन्दा प्यारो देशलाई सम्भाल्ने भार तिम्रै हो
होसियार यस् बखत समयको मुल्यलाई चिन
वरिपरिका भिडमा पहिले आफुलाई चिन
होसियार
होसियार यस् बखत समयको मुल्यलाई चिन
वरिपरिका भिडमा पहिले आफुलाई चिन
होसियार
चिन्नै त पर्छ आफैलाई चिन्दैनौ अहिले नै किन
बितेपछी बित्यो बित्यो पाइन्न फेरी त्यो लिन
होसियार
यो बेला यस्तो बेला हो
यो बेला यस्तो बेला हो सम्हार साथमा उभेको
छलीले अङगालो हालेर पछाडि छुरी धसेको
जो रामको भेष धरेर रावणको कर्तुत गर्दछ
त्यो तिम्रो फुलबारिको बिशालु सर्प हो चिन
होसियार यस् बखत समयको मुल्यलाई चिन
वरिपरिका भिडमा पहिले आफुलाई चिन
होसियार
यस्तो नहोस् कि घाम जुन
यस्तो नहोस् कि घाम जुन बिना तिमी कतै चम्क
कपुतको साथ लागेर आफ्नै घरलाई तिमी लुट
यो देश पृथ्वीको रङ बिरङी फुलबारी हो
प्राण भन्दा प्यारो देशलाई सम्भाल्ने भार तिम्रै हो
होसियार यस् बखत समयको मुल्यलाई चिन
वरिपरिका भिडमा पहिले आफुलाई चिन
होसियार
Saturday, August 8, 2015
Kahaa paryo puriba ho kata jhulkyo ghaama कहाँ पर्यो पुरिब हो कता झुल्क्यो घाम - By Gopal Yonjan
संगीत तथा स्वर : गोपाल योन्जन
कहाँ पर्यो पुरिब हो कता झुल्क्यो घाम
आफ्नो त जन्मै अन्धो बैरागी राम
झरेजस्तो लाग्छ आफु तल तल साथी
हुन्न केही भन्छन सबै गपुगी त माथि
माथि जाने बाटो छैन समाउने लाठो छैन
आफुलाई त दिउसै पनि लाग्छ सधैं राती
आफ्नै चित्त बुझाउन म त भन्छु साथी
आँखा भाको अन्धो भन्दा नदेखेकै जाती
सुन्छु अब कोही भोका नाङगा हुन्न रे
न्यानो घामबाट कोही टाढा हुन्न रे
कस्तो लाग्यो बादलु यो के ले छेक्यो घाम
घरै डढाइ ताप्दा पनि तातो हुन्न अाङ
सुन्छु सधैं खुला हुन्छन ईश्वरको ढोका
मन्दिरकै बाहिर मर्छन भोका रहने मुख
कहाँ पर्यो पुरिब हो कता झुल्क्यो घाम
आफ्नो त जन्मै अन्धो बैरागी राम
कहाँ पर्यो पुरिब हो कता झुल्क्यो घाम
आफ्नो त जन्मै अन्धो बैरागी राम
झरेजस्तो लाग्छ आफु तल तल साथी
हुन्न केही भन्छन सबै गपुगी त माथि
माथि जाने बाटो छैन समाउने लाठो छैन
आफुलाई त दिउसै पनि लाग्छ सधैं राती
आफ्नै चित्त बुझाउन म त भन्छु साथी
आँखा भाको अन्धो भन्दा नदेखेकै जाती
सुन्छु अब कोही भोका नाङगा हुन्न रे
न्यानो घामबाट कोही टाढा हुन्न रे
कस्तो लाग्यो बादलु यो के ले छेक्यो घाम
घरै डढाइ ताप्दा पनि तातो हुन्न अाङ
सुन्छु सधैं खुला हुन्छन ईश्वरको ढोका
मन्दिरकै बाहिर मर्छन भोका रहने मुख
कहाँ पर्यो पुरिब हो कता झुल्क्यो घाम
आफ्नो त जन्मै अन्धो बैरागी राम
Subscribe to:
Comments (Atom)