Tuesday, November 10, 2015

Malai timro muskana haina - मलाई तिम्रो मुस्कान हैन - By Shiva Shankar Manandhar

रचना : किरण खरेल ; संगीत र स्वर : शिवशंकर मानन्धर

मलाई तिम्रो मुस्कान हैन तिमी नै चाहिन्छ
केवल यौवन हैन जीवन नै चाहिन्छ

सुखमा मलाई रमाउने साथीले मात्रै पुग्दैन
दु:खमा हात समाउने कोही नभै हुँदैन
मलाई तिम्रो ईशारा हैन नजर नै चाहिन्छ
केवल यौवन हैन जीवन नै चाहिन्छ

तिर्खाएको बेला बगेको खोला हेरेर पुग्दैन
एकमुठी चिसो पानी त पिउन नपाई हुँदैन
मलाई तिम्रो छाया त हैन माया नै चाहिन्छ
केवल यौवन हैन जीवन नै चाहिन्छ

No comments: