Friday, November 6, 2015

Sagara ho swasni manchhe - सागर हो स्वास्नीमान्छे - By Manikratna

स्वर : माणीकरत्न  स्थापित

सागर हो स्वास्नीमान्छे
उ त बुझ पचाउन सक्छे
सारा रहस्य छातीभित्रै लुकाउन सक्छे
सागर हो स्वास्नीमान्छे

अङगालोबाट आफुलाई उ जान्दछे छुटाउन
बिटुला ओठहरुलाई उ सक्दछे पखाल्न
उ अभिनय गरेर आशु खसाल्न सक्छे
भाबुक लोग्नेमान्छेलाई छिन्मै भुलाउन सक्छे
सागर हो स्वास्नीमान्छे

घुम्टो उघारी हेर्दा उ जान्दछे लजाउन
आँखामा धेरै कुरा उ सक्दछे अटाउन
उ अनेक ख्याल पारी पवित्र बन्न सक्छे
हर एक सत्यलाई कहानी भन्न सक्छे
सागर हो स्वास्नीमान्छे