Wednesday, November 4, 2015

Maanisadekhi tarsi tarsi - मानिसदेखी तर्सी तर्सी - By Omkar Gartaula

रचना : किरण खरेल संगीत तथा स्वर ओमकार गर्तौला

मानिसदेखी तर्सी तर्सी म भागीरहेछु
मलाई कोही नडाक राक्षस बनाउन
मानिसदेखी तर्सी तर्सी

यहाँ सत्य बिक्छ यहाँ माया बिक्छ
सबैभन्दा सस्तो यहाँ मानिस बिक्छ
जगत स्वर्ग पार्छु भनी भन्ने मान्छे
बालकलाई झुक्याएर बिष पिलाउछ
कसोरी सहुं अन्याय धोखा यस्तो
कसोरी रहुं चुपचाप मुर्दा जस्तो
मानिसदेखी तर्सी तर्सी .......
.......................................

घरघरमा दानबको पूजा गरिन्छ
मन्दिरमा भगवानको हत्या गरिन्छ
यहाँ शान्ति ल्याउन जन्मेको मान्छे
कोलाहल मचाइ बहुलाई रहन्छ
कसोरी पिउ रगत मिसिएको पानी
कसोरी जिउ पापलाई पुन्य ठानी
मानिसदेखी तर्सी तर्सी ...........
.............................................

No comments: