Saturday, October 31, 2015

Bujhnai sakinau timile - बुझ्नै सकिनौ तिमीले आँखाको भाका मेरो - By Narayan Gopal

स्वर : नारायण गोपाल

बुझ्नै सकिनौ तिमीले आँखाको भाका मेरो
हजार अर्थ अरुले लाएर के गरु
बुझ्नै सकिनौ तिमीले

मुटु मुटुमा गीत बनी भरिन सक्छु म
अधर अधरमा प्रित बनी छरिन सक्छु म
दोहोर्याइनौ तिमीले मेरो गीत भने सारा
संसारले मिलेर गाएर के गरौ
बुझ्नै सकिनौ तिमीले

सेतो बादल जस्तो निरस यो जिन्दगीलाई
लाचार कामनाले बिबश जिन्दगीलाई
मुस्कानका ईशारा तिमीले दिन सकेनौ भने
संसारको शहारा पाएर के गरु
बुझ्नै सकिनौ तिमीले ..... ....
................................................

2 comments:

Unknown said...

'सेतो कागज जस्तो' होइन 'सेतो बादल जस्तो हो', अरु ठीक छ धन्यवाद ।

Basanta said...

धेरै धन्यवाद हजुर । पहिलो चोटि सुन्दैमा धेरै मन परेर लेखिहालेको । .....