रचना : अम्बर गुरुङ संगीत : अम्बर गुरुङ स्वर : भक्तराज आचार्य
होसियार यस् बखत समयको मुल्यलाई चिन
वरिपरिका भिडमा पहिले आफुलाई चिन
होसियार
चिन्नै त पर्छ आफैलाई चिन्दैनौ अहिले नै किन
बितेपछी बित्यो बित्यो पाइन्न फेरी त्यो लिन
होसियार
यो बेला यस्तो बेला हो
यो बेला यस्तो बेला हो सम्हार साथमा उभेको
छलीले अङगालो हालेर पछाडि छुरी धसेको
जो रामको भेष धरेर रावणको कर्तुत गर्दछ
त्यो तिम्रो फुलबारिको बिशालु सर्प हो चिन
होसियार यस् बखत समयको मुल्यलाई चिन
वरिपरिका भिडमा पहिले आफुलाई चिन
होसियार
यस्तो नहोस् कि घाम जुन
यस्तो नहोस् कि घाम जुन बिना तिमी कतै चम्क
कपुतको साथ लागेर आफ्नै घरलाई तिमी लुट
यो देश पृथ्वीको रङ बिरङी फुलबारी हो
प्राण भन्दा प्यारो देशलाई सम्भाल्ने भार तिम्रै हो
होसियार यस् बखत समयको मुल्यलाई चिन
वरिपरिका भिडमा पहिले आफुलाई चिन
होसियार
No comments:
Post a Comment