Saturday, August 8, 2015

Kahaa paryo puriba ho kata jhulkyo ghaama कहाँ पर्‍यो पुरिब हो कता झुल्क्यो घाम - By Gopal Yonjan

संगीत तथा स्वर : गोपाल योन्जन

कहाँ पर्‍यो पुरिब हो कता झुल्क्यो घाम
आफ्नो त जन्मै अन्धो बैरागी राम

झरेजस्तो लाग्छ आफु तल तल साथी
हुन्न केही भन्छन सबै गपुगी त माथि
माथि जाने बाटो छैन समाउने लाठो छैन
आफुलाई त दिउसै पनि लाग्छ सधैं राती
आफ्नै चित्त बुझाउन म त भन्छु साथी
आँखा भाको अन्धो भन्दा नदेखेकै जाती

सुन्छु अब कोही भोका नाङगा हुन्न रे
न्यानो घामबाट कोही टाढा हुन्न रे
कस्तो लाग्यो बादलु यो के ले छेक्यो घाम
घरै डढाइ ताप्दा पनि तातो हुन्न अाङ
सुन्छु सधैं खुला हुन्छन ईश्वरको ढोका
मन्दिरकै बाहिर मर्छन भोका रहने मुख
कहाँ पर्‍यो पुरिब हो कता झुल्क्यो घाम
आफ्नो त जन्मै अन्धो बैरागी राम

No comments: