Sunday, November 30, 2014

Mero bitulo biswas timilai chokhai thanchha - मेरो बिटुलो विश्वाश तिमीलाई चोखै ठान्छ - By Manik Ratna Sthapit

शब्द : किरण खरेल ;  संगीत र स्वर : माणिकरत्न     

मेरो बिटुलो विश्वाश तिमीलाई चोखै ठान्छ
तिमी ढाटिदेउ खाली पवित्र छु भनेर
मेरो बिटुलो विश्वाश

तिमी रोइदेउ फेरी दुई बुद आशु पोख्दै
तिमी धोइदेउ ओठमा लागेका दाग मेट्दै
बिशालु आशु तिम्रो अमृत ठानी पिउछु
पत्थरको मुर्तिलाई भगवान सम्झी जिउछु
तिमी ढाटिदेउ खाली पवित्र छु भनेर
मेरो बिटुलो विश्वाश

मैले सुनेको कुरा कथा थियो भनिदेउ
मैले देखेको द्रिश्य झुटो थियो भनिदेउ
तिम्रो हरेक बहाना पत्याइदिन्छु आज
सम्पूर्ण सत्यलाई रित्याइदिन्छु आज
तिमी ढाटिदेउ खाली पवित्र छु भनेर
मेरो बिटुलो विश्वाश

Friday, November 28, 2014

Kina yasari tolako k bho - किन यसरी टोलाको के भो हजुरलाई - By Manik Ratna Sthapit

रचना : किरण खरेल;  संगीत : शिवशंकर ;  स्वर :  माणिकरत्न स्थापित

किन यसरी टोलाको के भो हजुरलाई
कुन पापिले लगायो टुना हजुरलाई
किन यसरी

पैले त धेरै हांस्थ्यौ अहिले मुस्काउनै छोड्यौ
जती गिज्याए पनि किन हो रिसाउनै छोड्यौ --२
अली अबेर म आउँदा लाटी भयौ कि क्या हो
मेरो मायामा संसार बिर्सिदियौ क्या हो
किन यसरी टोलाको

आउ नजिक मेरो म होस जगाइदिन्छु
फुक्फाक गरेर छिन्मै म रोग भगाईदिन्छु  --२
भईगो बरु नबोल रिसाइदेउ एक्छिन
आँखा तरेर घुम्टो खसाइदेउ एक्छिन
किन यसरी टोलाको

Wednesday, November 19, 2014

Jhooth pani yati mitho bolera - झूठ पनि यती मिठो बोलेर मनमा प्यार जगाइदियौ - By Hem Gopal

रचना : राममान त्रिशित, संगीत : शिवशंकर मानन्धर, स्वर : हेम गोपाल    
झूठ पनि यती मिठो बोलेर मनमा प्यार जगाइदियौ
खसाएर तिमीलाई भाग्नै नसक्ने मायाको बार लगाइदियौ
झूठ

यती राम्रोसँग गल्तिलाई ढाक्नु तिम्रो कलाको तारिफ गर्छु
डाकेको बोली पनी गीत जस्तै तिम्रो गलाको तारिफ गर्छु
नजाती कस्तो मेरो स्वप्नबाट संका हजार भगाईदियौ
झूठ

यसरी यो वागमा आयौ कि अर्को कुनै फुल देख्नै नसक्ने भए म
त्यती नजिकै पुगेछु कि तिम्रो कुनै भुल देख्न नसक्ने भए म
लाग्छ मलाई सधैं स्वर्गबाट नौलो बहार मगाइदियौ
झूठ

Monday, November 17, 2014

Euta kuraa ma bhanchu timi laaj namana hai ta - एउटा कुरा म भन्छु तिमी लाज नमान है त - By Shiva Shankar Manandhar

रचना : किरण खरेल संगीत र स्वर : शिवशंकर मानन्धर 


एउटा कुरा म भन्छु तिमी लाज नमान है त
तिमीलाई नियाली हेर्छु आँखा नचिम्ल है त
एउटा कुरा म भन्छु तिमी लाज नमान है त

बालक छदै परीका कथाहरु म सुन्थे
बादलसँगै उडेर एक रात मारी सुन्थे
मेरी अप्सराको मैले अनुहार बताए जस्तो
यो रुप लाग्छ मैले उहील्यै चिताए जस्तो
एउटा कुरा म........, ...........,..................

तिम्रो यो हासो लाग्छ युगयुगदेखी सुनेको
तिमीलाई लाग्छ पहिलो जन्मैदेखी चिनेको 
कहिल्यै नमर्ने मिठो अमृत पिएको जस्तो
आज छ मैले सिङै संसार जितेको जस्तो
एउटा कुरा म .......,..........,.................... 

एउटा कुरा म भन्छु तिमी लाज नमान है त

 

Saturday, November 15, 2014

A Phool a Basanta - ए फूल ए बसन्त यसरी न पिछा गर्नु - By Natikaji Shrestha

रचना : राममान तृषित   ; संगीत र स्वर : नातिकाजी श्रेष्ठ

(शिवशंकरको संगीत र ईन्द्र नारायणको स्वरमा पनि रेकोर्ड गरिएको )

ए फूल ए बसन्त यसरी न पिछा गर्नु
फुर्सद त दिनु पलभर रोएर सुखी बन्न
ए फूल ए बसन्त

पंक्षिको मिठो गाना तर श्राप यहाँ बन्छ
सन्ध्याको हावा शितल मन पोल्ने ब्यथा दिन्छ
धर्तिको सुखी ए फूल क्षणभर त दया गर्नु
फुर्सद त दिनु पलभर रोएर सुखी बन्न
ए फूल ए बसन्त

प्रकृतिको हरा जीवन जीवनको चिता बन्छ
मृत्‍युको प्रतिक्षामा दिन ब्यस्त सदा हुन्छ
हे रात तिमी आज बिश्राम यही गर्नु
फुर्सद त दिनु पलभर रोएर सुखी बन्न
ए फूल ए बसन्त

Thursday, November 13, 2014

Aashu bahaau uta timi - आँशु बहाउ उता तिमी - By Hari Prasad Rimal

शब्द : म. बि. बि. शाह ; संगीत तथा स्वर : हरी प्रसाद रिमाल  

 

आँशु  बहाउ उता तिमी यता म आह भर्दछु - म भर्दछु
मजबुर छौ - लाचार छु - के गर्दछौ भन के गरौ - म के गरौ

लाचार छु म त्यस्तरी नजदिक भैकन दुर छु - म दुर छु
तकदिरको लेखा कठै के गर्दछौ भन के गरौ - म के गरौ

दिल छन दुई चुर छु टुक्रा कलेजा देख्दछौं  - देख्दछौं  
यो हाल यही छ यताउता के गर्दछौ भन के गरौ - म के गरौ
 आँशु  बहाउ उता तिमी

Wednesday, November 12, 2014

Hasomaa haina malai rodanmai - हासोमा हैन मलाई रोदनमै रहन देउ

हासोमा हैन मलाई रोदनमै रहन देउ
आकाशमा हैन मलाई धर्तिमै बाँच्न देउ
हासोमा हैन मलाई

मानिस ठुलो हुन्छ यो रुपको पसलमा
केही नबोल्ने बरु आसुलाई पुछ्न देउ
हासोमा हैन मलाई

नौलो यहाँको प्रिती घामछांयाको कहानी
आशुको बिपनाभन्दा सपना नै रोज्न देउ
हासोमा हैन मलाई