शब्द : किरण खरेल ; संगीत : नातिकाजी ; स्वर : ध्रुब के. सि.
तिम्रो माया कागजको रङ्गीचङ्गी फुलजस्तो
तिम्रो बाचा साउनको भेल भन्दा पनि सस्तो
अबदेखी मरिमेटी तिम्रो पछी लाग्ने छैन
भगवानसँग फेरी तिमीलाई माग्ने छैन
तिम्रो साथ नपाउँदैमा नसक्ने त हैन बाँच्न
तिमीले आँशु नपुछ्दैमा नसक्ने त हैन हाँस्न
एक थोपा आँशु हो फेरी बह्यो के भो र ?
एकैछिन्को सपना धोखा भो त के भो र ?
अबदेखी मरिमेटी तिम्रो पछी लाग्ने छैन
भगवानसँग फेरी तिमीलाई माग्ने छैन
तिमी आउने बाटोबाट हिंड्न पनि छोडिदिउला
आँखा जुधी ठेस लागे पाउ अन्तै मोडिदिउला
खोजी आउन जान्नेले छोड्न पनि जाँन्दछ
सम्झी रुन जान्नेले बिर्सी हाँस्न जाँन्दछ
अबदेखी मरिमेटी तिम्रो पछी लाग्ने छैन
भगवानसँग फेरी तिमीलाई माग्ने छैन
Monday, December 3, 2018
Timro Maya Pattharko Jhukyaune rup - तिम्रो माया पत्थरको झुक्याउने रुप जस्तो - By Tara Devi
शब्द : किरण खरेल ; संगीत : नातिकाजी ; स्वर : तारादेवी
तिम्रो माया पत्थरको झुक्याउने रुप जस्तो
तिम्रो प्रिती चैतको धुलो भन्दा पनि सस्तो
अबदेखी शर्माएर तिम्रो अघी भाग्ने छैन
भगवानसँग फेरी तिमीलाई माग्ने छैन
तिम्रो आस नगर्दैमा नसक्ने त हैन अड्न
तिमीले हात नथाम्दैमा नसक्ने त हैन बढ्न
एकै झुल्को घाम हो अस्तायो त के भो र?
एकैछिन्को तर्कना तर्कियो त के भो र ?
अबदेखी शर्माएर तिम्रो अघी भाग्ने छैन
भगवानसँग फेरी तिमीलाई माग्ने छैन
तिम्ले सुन्ने गीतलाई गुनगुनाउन बिर्सिदिउला
झुक्की तिम्रो झल्को लागे एकैछिन तर्सिदिउला
पर्खि बस्ने मान्छेले फर्की जान जाँन्दछ
आफ्नो भन्न जान्नेले पराइ भन्न जाँन्दछ
अबदेखी शर्माएर तिम्रो अघी भाग्ने छैन
भगवानसँग फेरी तिमीलाई माग्ने छैन
तिम्रो माया पत्थरको झुक्याउने रुप जस्तो
तिम्रो प्रिती चैतको धुलो भन्दा पनि सस्तो
अबदेखी शर्माएर तिम्रो अघी भाग्ने छैन
भगवानसँग फेरी तिमीलाई माग्ने छैन
तिम्रो आस नगर्दैमा नसक्ने त हैन अड्न
तिमीले हात नथाम्दैमा नसक्ने त हैन बढ्न
एकै झुल्को घाम हो अस्तायो त के भो र?
एकैछिन्को तर्कना तर्कियो त के भो र ?
अबदेखी शर्माएर तिम्रो अघी भाग्ने छैन
भगवानसँग फेरी तिमीलाई माग्ने छैन
तिम्ले सुन्ने गीतलाई गुनगुनाउन बिर्सिदिउला
झुक्की तिम्रो झल्को लागे एकैछिन तर्सिदिउला
पर्खि बस्ने मान्छेले फर्की जान जाँन्दछ
आफ्नो भन्न जान्नेले पराइ भन्न जाँन्दछ
अबदेखी शर्माएर तिम्रो अघी भाग्ने छैन
भगवानसँग फेरी तिमीलाई माग्ने छैन
Sunday, December 2, 2018
Kasari Tukri Gaigaye - कसरी टुक्री गैगएँ यो कुरा बिन्ती नसोध - By Bachchu Kailash
स्वर : बच्चु कैलाश
कसरी टुक्री गैगएँ यो कुरा बिन्ती नसोध
किन म यस्तो भईगएँ यो कुरा बिन्ती नसोध
कसरी टुक्री गैगएँ यो कुरा बिन्ती नसोध
यो छातीमा कतिले टेकी गए
कतिले मलाई यहाँ लुटी गए
भागेर जाउ म कहाँ
धर्ती यहाँ मेरो प्रित यहाँ
कसरी जल्दै गैगए यो कुरा बिन्ती नसोध
छोडि आएँ म हाँस्ने खेल्ने किनारा
अर्को किनारा टाढा छ टाढा छ
टाढा छ मेरो रोईरहने प्रित
मदेखी धेरै टाढा छ
कसरी टुट्दै गैगएँ यो कुरा बिन्ती नसोध
किन म यस्तो भईगएँ यो कुरा बिन्ती नसोध
कसरी टुक्री गैगएँ यो कुरा बिन्ती नसोध
कसरी टुक्री गैगएँ यो कुरा बिन्ती नसोध
किन म यस्तो भईगएँ यो कुरा बिन्ती नसोध
कसरी टुक्री गैगएँ यो कुरा बिन्ती नसोध
यो छातीमा कतिले टेकी गए
कतिले मलाई यहाँ लुटी गए
भागेर जाउ म कहाँ
धर्ती यहाँ मेरो प्रित यहाँ
कसरी जल्दै गैगए यो कुरा बिन्ती नसोध
छोडि आएँ म हाँस्ने खेल्ने किनारा
अर्को किनारा टाढा छ टाढा छ
टाढा छ मेरो रोईरहने प्रित
मदेखी धेरै टाढा छ
कसरी टुट्दै गैगएँ यो कुरा बिन्ती नसोध
किन म यस्तो भईगएँ यो कुरा बिन्ती नसोध
कसरी टुक्री गैगएँ यो कुरा बिन्ती नसोध
Birseko bhaye biteka kura - बिर्सेंको भए बितेका कुरा - By Bachchu Kailash
शब्द : म बि बि शाह ; संगीत तथा स्वर : बच्चु कैलाश
बिर्सेंको भए बितेका कुरा पापिको मनले
सम्झायो होला पुरानो माया त्यो चिसो हावाले - २
लेकाली फुल शितका थोपा फुलका मुनाले
ब्युँझायो होला सुतेको माया बिहानी पखले - २
त्यो मुटुबिच गडेको याद जमेको हिँउले
सम्झायो होला पुरानो माया चर्केको घामले
उडेको देखी जुरेली जोडी आकाश रङले
ब्युँझायो होला सुतेको माया साँझको यामले
सम्झायो होला पुरानो माया त्यो चिसो हावाले
सुतेको बेला सपना देखी खुलेको आँखाले
सम्झायो होला पुरानो माया जुनको छाँयाले
बगेका गाजल नयनबाट निस्केका आँशुले
ब्युँझायो होला सुतेको माया पुरानो यादले
सम्झायो होला पुरानो माया त्यो चिसो हावाले
बिर्सेंको भए बितेका कुरा पापिको मनले
सम्झायो होला पुरानो माया त्यो चिसो हावाले - २
लेकाली फुल शितका थोपा फुलका मुनाले
ब्युँझायो होला सुतेको माया बिहानी पखले - २
त्यो मुटुबिच गडेको याद जमेको हिँउले
सम्झायो होला पुरानो माया चर्केको घामले
उडेको देखी जुरेली जोडी आकाश रङले
ब्युँझायो होला सुतेको माया साँझको यामले
सम्झायो होला पुरानो माया त्यो चिसो हावाले
सुतेको बेला सपना देखी खुलेको आँखाले
सम्झायो होला पुरानो माया जुनको छाँयाले
बगेका गाजल नयनबाट निस्केका आँशुले
ब्युँझायो होला सुतेको माया पुरानो यादले
सम्झायो होला पुरानो माया त्यो चिसो हावाले
Kalpanako Gagana - कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन - By Bachchu Kailash
शब्द : सुरेन्द्र शाह ; संगीत तथा स्वर : बच्चु कैलाश
कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन
कहिले होला त्यो दिन जब होला मिठो मिलन
साउने झरी कुर्लिकुर्ली भदौ पनि लाग्यो - २
लाग्छ सरद हट्छ झरी किन्तु आँशु झरी भईरह्यो
आँशु कहिले थामिने मन्को घाऊ कहिले पलाउने
कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन
पिर लिई दुब्लाएर छैन भोक निन्द्रा - २
खोक्रो जस्तो शरीर भाई चियाछिया मन भो होला
मन्को पिर गाएर रुदी हौली एक्लाई बसेर
कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन
बन्धनको क्यानरीले गाँउछ मिठो गीत - २
सुखी छ कि दुखी छ त्यो थाहा कल्ले पाउन सक्छ र ?
देख्छन सबले हासेको देख्छ कल्ले मन जलेको
कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन
कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन
कहिले होला त्यो दिन जब होला मिठो मिलन
साउने झरी कुर्लिकुर्ली भदौ पनि लाग्यो - २
लाग्छ सरद हट्छ झरी किन्तु आँशु झरी भईरह्यो
आँशु कहिले थामिने मन्को घाऊ कहिले पलाउने
कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन
पिर लिई दुब्लाएर छैन भोक निन्द्रा - २
खोक्रो जस्तो शरीर भाई चियाछिया मन भो होला
मन्को पिर गाएर रुदी हौली एक्लाई बसेर
कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन
बन्धनको क्यानरीले गाँउछ मिठो गीत - २
सुखी छ कि दुखी छ त्यो थाहा कल्ले पाउन सक्छ र ?
देख्छन सबले हासेको देख्छ कल्ले मन जलेको
कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन
Yo Ho Geet Timilai - यो हो गीत तिमीलाई यो हो प्रित तिमीलाई - By Bachchu Kailash
शब्द : शान्ती सिंह ; संगीत तथा स्वर : बच्चु कैलाश
यो हो गीत तिमीलाई यो हो प्रित तिमीलाई
सपनामा खस्रेथेँ बिपनामा गाएछु
सम्झिलेउ फरर हृदयको पाना गनेर
उडी हिंड्ने चरिले नाची हिंड्ने परिले - २
मन्को कुरा जानिन हात मेरो थामिन
आएको छु मायालु दिन्छौ कि त मलाई शरण
यो हो गीत
पछ्यौरीको छेउमा मुटु मेरो अल्झेको - २
हाँसो खेल्ने ओठमा बिरह छ बसेको
दिल्मा चयन छैन हजुर आँखामा छ आँशु बरर
यो हो गीत
आशा मेरो लामो छ जिन्दगी यो छोटो छ - २
तिमीलाई पाउने मात्र एक धोको छ
कोशेली यो मायाको बिन्ती छ है फिर्ता नगर
यो हो गीत
यो हो गीत तिमीलाई यो हो प्रित तिमीलाई
सपनामा खस्रेथेँ बिपनामा गाएछु
सम्झिलेउ फरर हृदयको पाना गनेर
उडी हिंड्ने चरिले नाची हिंड्ने परिले - २
मन्को कुरा जानिन हात मेरो थामिन
आएको छु मायालु दिन्छौ कि त मलाई शरण
यो हो गीत
पछ्यौरीको छेउमा मुटु मेरो अल्झेको - २
हाँसो खेल्ने ओठमा बिरह छ बसेको
दिल्मा चयन छैन हजुर आँखामा छ आँशु बरर
यो हो गीत
आशा मेरो लामो छ जिन्दगी यो छोटो छ - २
तिमीलाई पाउने मात्र एक धोको छ
कोशेली यो मायाको बिन्ती छ है फिर्ता नगर
यो हो गीत
Maya Maile Bolauna Hunchha - माया मैले बोलाउनु हुन्छ - By Bachchu Kailash
स्वर : बच्चुकैलाश
माया मैले बोलाउनु हुन्छ कि हुँदैन
तिमीलाई मैले केही भन्नु हुन्छ कि हुँदैन
चन्द्रमा हेरी सम्झनु हुन्छ कि हुँदैन
कल्पना गरी कल्पनु हुन्छ कि हुँदैन
बादल पारी संसार छ रे मैले ते भेटीन - २
फुलेको यौवन ओईली नझर्ने ठाउँ नै देखिन
संसार यहीँ बसाए हुन्छ कि हुँदैन
तिमीलाई मैले केही भन्नु हुन्छ कि हुँदैन
एउटा सानो फुलको थुङगा हातमा लिउला - २
तिमीले माने त्यो फुल्को थुङगा तिमीलाई दिउला
केही बिन्ती सुनाउन हुन्छ कि हुँदैन
तिमीलाई मैले केही भन्नु हुन्छ कि हुँदैन
माया मैले
माया मैले बोलाउनु हुन्छ कि हुँदैन
तिमीलाई मैले केही भन्नु हुन्छ कि हुँदैन
चन्द्रमा हेरी सम्झनु हुन्छ कि हुँदैन
कल्पना गरी कल्पनु हुन्छ कि हुँदैन
बादल पारी संसार छ रे मैले ते भेटीन - २
फुलेको यौवन ओईली नझर्ने ठाउँ नै देखिन
संसार यहीँ बसाए हुन्छ कि हुँदैन
तिमीलाई मैले केही भन्नु हुन्छ कि हुँदैन
एउटा सानो फुलको थुङगा हातमा लिउला - २
तिमीले माने त्यो फुल्को थुङगा तिमीलाई दिउला
केही बिन्ती सुनाउन हुन्छ कि हुँदैन
तिमीलाई मैले केही भन्नु हुन्छ कि हुँदैन
माया मैले
Subscribe to:
Posts (Atom)