Tuesday, November 20, 2018

Dilmai Basera Merai kasari - दिलमै बसेर मेरै कसरी बेहाल दिल पार्यौ - By Shiva Shankar Manandhar

शब्द : म बि बि शाह                       संगीत तथा स्वर : शिव शंकर मानन्धर

दिलमै बसेर मेरै कसरी बेहाल दिल  पार्यौ
यो हाल मेरो पार्यौ                                     -- २

लुटेर चैन मेरो कसरी दियौ यो धड्कन
जादुपो  के कसोरी दिल्मा सधैं समायौ    --२
यो हाल मेरो पार्यौ 
दिल्मै बसेर मेरै

बद्लेर हाँसोलाई कसरी बनायौ आँशु 
तारा गनेर राती कसरी सिकायौ काट्नु   --२
यो हाल मेरो पार्यौ 
दिल्मै बसेर मेरै


टाढै लुकेरै कसरी दिनरात पास आयौ
खोइ दियौ तिमीमै कसरी नजर मिलायौ    --२
यो हाल मेरो पार्यौ 
दिल्मै बसेर मेरै कसरी बेहाल दिल पार्यौ
यो हाल मेरो पार्यौ

Nadi Kinar Machha Marda - नदी किनार माछा मार्दा - By Shiva Shankar Manandhar

शब्द : शहदेव राणा ; संगीत तथा स्वर : शिव शंकर मानन्धर

नदी किनार माछा मार्दा सुनको बाला पाँए
बाला कस्को भनी हिड्दा सानो गीत गाँए   --२

यती राम्रो बाला लाउने कस्तो होला हात
गोरा होलान निधार तिम्रो सिन्दुर भर्या माथ  --२
नदी किनार माछा मार्दा सुनको बाला पाँए
बाला कस्को भनी हिड्दा सानो गीत गाँए

आँखा जुद्धा मृग भाग्लान जोवन देखी जुन
नखेलाउने तिमीलाई होला भाग्यमानी किन   --२
नदी किनार माछा मार्दा सुनको बाला पाँए
बाला कस्को भनी हिड्दा सानो गीत गाँए

हामी जस्ता अभागीलाई दर्शन दिए हुन्छ
बोल्नु पनि पर्ने छैन गाइदिए पुग्छ               --२
नदी किनार माछा मार्दा सुनको बाला पाँए
बाला कस्को भनी हिड्दा सानो गीत गाँए   --२

Sunday, November 18, 2018

Meri Maya kasti kasti - मेरी माया कस्ती कस्ती कस्ती - By Shiva Shankar Manandhar

संगीत तथा स्वर : शिव शंकर मानन्धर 

मेरी माया कस्ती कस्ती कस्ती
हं हं फुलको थुङगा जस्ती
नयनमा राखे पनि नबिझाउने
हृदयमा राखे पनी नहराउने
मेरी माया कस्ती कस्ती कस्ती
हं हं फुलको थुङगा जस्ती

जुन भाई मेरो जीवन ढाक्ने
सपनामा पनि आएर डाक्ने
हो हो हो
परी पो हौ कि मन्मा छाउने
चरी पो हौ कि बन्मा गाउँने
मेरी माया कस्ती कस्ती कस्ती
हं हं फुलको थुङगा जस्ती

सुख र दु:ख बाँडी लिउँला
अन्जुलिको जल बाँडी पिउँला
हो हो हो
देख्दा दुई छौ तर एक हौँ
साथै जिउछौ साथै मर्छौँ
मेरी माया कस्ती कस्ती कस्ती
हं हं फुलको थुङगा जस्ती

Saturday, November 17, 2018

Baya hatma rakhe sara dukhilaai - बाँया हातमा राखें सारा दुखिलाई - By Gopal Yonjan

 शब्द , सगीत तथा स्वर : गोपाल योन्जन

बाँया हातमा राखें सारा दुखिलाई
दाँया हातमा राखें मेरा सत्रुलाई
अनी जोडी दुई हात मेरो भगवान
तिमीलाई गर्छु प्रणाम

तिमीले दिएको सबथोक छ भगवान
खुशी देउ या आँशु मन्जुर छ भगवान
मेरा पापहरुको क्षमा नदेउ
मलाई सजाय नै मन्जुर छ भगवान
बाँया हातमा राखें सारा दुखिलाई
दाँया हातमा राखें मेरा सत्रुलाई

जबसम्म दुई हात केही गर्न सक्छन
तबसम्म यि हात फैलाई नआँउ
जब एक दिन म तिमी छेउ आँउछु
संसारमा केही नछाडी नआँउ
बाँया हातमा राखें सारा दुखिलाई
दाँया हातमा राखें सारा सत्रुलाई
अनी जोडी दुई हात मेरो भगवान
तिमीलाई गर्छु प्रणाम मेरो भगवान

Tuesday, November 13, 2018

Kina maya garda gardai - किन माया गर्दा गर्दै जीवन रिसाइरहन्छ - By Kanhaiya Kumar Joshi

शब्द : किरण खरेल ; संगीत : नातिकाजी ; स्वर : कन्हैया कुमार जोशी

किन माया गर्दा गर्दै जीवन रिसाइरहन्छ - २
किन आज बोल मुटुमा मृत्‍यु सुसाइरहन्छ
किन माया गर्दा गर्दै जीवन रिसाइरहन्छ

कोठाका झ्याल ढोका मलाई आँखा तर्छन - २ 
जीवनका स्वप्न सारा मलाई गाली गर्छन्
मनका हरेक इच्छा रित्याउ जस्तो लाग्छ
किन आज बोल मुटुमा मृत्‍यु सुसाइरहन्छ
किन माया गर्दा गर्दै जीवन रिसाइरहछ

दलिनहरु खसेर मलाई थिच्छु भन्छन - २
भित्ताहरु सरेर मलाई बाटो छेक्छन
आफ्ना मलामी आँफै निम्त्याउ जस्तो लाग्छ
किन आज बोल मुटुमा मृत्‍यु सुसाइरहन्छ
किन माया गर्दा गर्दै जीवन रिसाइरहछ - ३

Monday, November 12, 2018

Baachidinchhu timrai nimti - बाँचिदिन्छु तिम्रै निम्ती - By Gopal Yonjan

संगीत तथा स्वर : गोपाल योन्जन

बाँचिदिन्छु तिम्रै निम्ती,मरिदिन म सक्दिन
लाखौं बाचा यो पिरतिको, सबै निभाउन म सक्दिन
बाँचिदिन्छु तिम्रै निम्ती

संसार सम्म त दिन सक्छु म
बैकुण्ठ दिन त सक्दिन
उज्याली देखी डर लाग्छ भने म
घाम डुबाउन म सक्दिन
निहुरिदिन्छु धर्तिसम्मै
तर सिर टेकाउन सक्दिन
लाखौं बाचा यो पिरतिको, सबै निभाउन म सक्दिन
बाँचिदिन्छु तिम्रै निम्ती

मायाले अंगाली राखौला
ताराले सिंगार्न सक्दिन
मेरो मायाको साक्षी दिन तिमीलाई
ताज बनाउन सक्दिन
यि सत्यहरु मन्दिनौ भने
दिल चिरी देखाउन म सक्दिन
लाखौं बाचा यो पिरतिको, सबै निभाउन म सक्दिन
बाँचिदिन्छु तिम्रै निम्ती

Sapanaa Dekhnu Aghi - सपना देख्नु अघी बिचमै निद खुल्यो - By Yogesh Baidhya

शब्द : रत्न शम्शेर थापा ; संगीत : नातिकाजी ; स्वर : योगेश बैध्य र तारा देवी
हँ हँ हँ हँ हँ हँ हँ हँ ( महिला )
सपना देख्नु अघी बिचमै निद खुल्यो
पुरानो घाऊ फेरी नयाँ भएर उठ्यो
नयाँ भएर उठ्यो
सपना देख्नु अघी
हँ हँ हँ हँ हँ हँ हँ हँ ( महिला )

शरदमै पोल्छ किन यो निलो जुन पनी - २
आँखाको नानी भरी बादल फैलिदियो 
बादल फैलिदियो
सपना देख्नु अघी
हँ हँ हँ हँ हँ हँ हँ हँ ( महिला )

रुकिन खोज्छ किन यो धुक्धुकिनै पनि - २
मुटुमा गाँठो पारी बेदआ चस्किरह्यो
सपना देख्नु अघी बिचमै निद खुल्यो (युगल)
पुरानो घाऊ फेरी नयाँ भएर उठ्यो
नयाँ भएर उठ्यो
सपना देख्नु अघी