Friday, November 9, 2018

Mangala Hos Yes Desako - मंगल होस् यस देशको - By Manik Ratna Sthapit

स्वर : माणिकरत्न स्थापित

मंगल होस् यस देशको मंगल होस् अनी हाम्रो
मंगल् होस् अनी धर्तिभरिका ज्युँदा मान्छेहरुको - २

मंगलमय होस् हिमसमीर अमृतमय होस् हर जलकण - २
कोमलमय होस् धर्तिको माटो निर्मल होस् अनी निलगगन - २
मंगलमय हुन् चन्द्र सुर्य पनि ज्योतिर्मय होस् जीवन
मंगल होस् यस देशको मंगल होस् अनी हाम्रो
मंगल् होस् अनी धर्तिभरिका ज्युँदा मान्छेहरुको - २






Saturday, November 3, 2018

Aakhaima raat gali - आँखैमा रात गली शितमा तारा डुबे - By Yogesh Baidhya

शब्द : रत्न शम्शेर थापा ; संगीत : नतिकजी ; स्वर : योगेश बैध्य
आँखैमा रात गली शितमा तारा डुबे
बाटैमा आंधी चले आशाका मुना उडे
आँखैमा रात गली    

धुपी पिपल अनी लहरा पात झुके
जुही सिमल पनि छहरासाथ सुके
बारी बगैचाभरी मुजुर बएली  गए 
बाटैमा आंधी चले आशाका मुना उडे
आँखैमा रात गली     

बादलको बर्को मनी सपना सारा जमे
गाजलको धर्को बनी चाहना सारा थुने
परेला त्रिश्णा जती घुम्तिमा अल्झिदिए
बाटैमा आंधी चले आशाका मुना उडे
आँखैमा रात

Alikati timi abhiman chhoda - अलिकती तिमी अभिमान छोड - By Yogesh Baidhya

शब्द : राममान त्रिशित ; संगीत : शिव शंकर मानन्धर ; स्वर : योगेश बैध्य
अलिकती तिमी अभिमान छोड
अलिकती म अभिमान छोडु
हुन सक्छ अध्यारो जीवनलाई
एक नौलो बिहानी तर्फ मोडु
अलिकती ......................

आँखामा यस्तो गाजल छ तिम्रो
हर फुलको रङलाई छेकिदिने
आँखामा यस्तो सपना छ मेरो
हर रात उज्यालो देखिदिने
अलिकती .......................

हाम्रै हातमा न हो हाम्रो आफ्नो खुशी
तिम्रो मेरो गतिमै हाम्रो मिठो मिलन
किन यस्तो सजिलो मोडमा पनि
तिम्रो पाउमा थकान मेरो पाउमा जलन
अलिकती तिमी .........................
..................................................

Monday, October 22, 2018

Nau lakh tara udaye - नौ लाख तारा उदाए - By Ambar Gurung

शब्द :अगमसिङ गिरी  ; संगीत तथा स्वर : अंबर गुरुङ
हो ...........
नौ लाख तारा उदाए, धर्तिको आकाश हाँसेछ  
सरद लाग्यो बनमा, फुलले प्रिती गाँसेछ
नजली यहाँ झिलिली, मनको तारा निभेछ
गुराँस फुल्यो पहाडमा, मनको फुल झरेछ
नसम्झ आज नेपाली, सन्चोले यहाँ बाँचेको
काँडाकै माझ पहाडी फुल, छैन र कहाँ हाँसेको ?
सुनको सपना आँशुमा , किन हो बाँधी ल्यायौ नि ?
घरको माया बिर्सेर, किन पो यहाँ आयौ नि ?

हो ........
मुटुको रगत एउटै हो , पिरको बह बेग्लै छ
हामीलाई यहाँ चिन्यौ कि , मनको चोट बेग्लै छ
नियाली हेर हामीलाई, भिजेको छैन परेला
आँशुले गह भिजाए , अरुले निर्धा सम्झेला
बुझ्छ र कस्ले रोएको, मुटुमा काँडा लिएर ?
अरुका सारमा हाँसेको, आँशुका घुट्का पिएर
पहाडी फुल नफक्री, किन हो चुडी ल्यायौ नि ?
मनको आगो निभाउन, किन पो यहाँ आयौ नि ?
किन पो यहाँ आयौ नि ?

Saturday, October 20, 2018

Sunaula ghaam jhulkena - सुनौला घाम झुल्केन रुपौला जुन चम्केन - by Manik Ratna Sthapit

स्वर : माणिकरत्न स्थापित  ; रचना : किरण खरेल

सुनौला घाम झुल्केन रुपौला जुन चम्केन
मेरो सुन्सान जीवनमा कुनै बसन्त फर्केन
सुनौला घाम झुल्केन

कती रात छट्पटाए म अंध्यारोलाई बोकेर
मेरो जुन जग्मगाएन जुनेली हासो पोखेर
दियोको बत्ती सल्केन नयनको ज्योति झल्केन
मेरो सुन्सान जीवनमा कुनै बसन्त फर्केन
सुनौला घाम झुल्केन

कती फुल फुल्न खोजेथे मुटुको फुलबारिमा
खुशीले बस्न खोजेथ्यो मायाको त्यो छहारिमा
बसन्ती वास आएन रसिलो रङ छाएन
मेरो सुन्सान जीवनमा कुनै बसन्त फर्केन
सुनौला घाम झुल्केन

Wednesday, October 17, 2018

Aakha chimli basnu bhanda - आँखा चिम्ली बस्नु भन्दा बिर्सनु जाती - by Manik Ratna Sthapit

स्वर : माणीकरत्न स्थापित  ; संगीत : चन्द्र राज शर्मा ; रचना : उत्तम श्रेष्ठ

आँखा चिम्ली बस्नु भन्दा बिर्सनु  जाती
बाटो कुरी बस्नु भन्दा फर्कनु जाती
आँखा चिम्ली ..............................

बिहानिबाट धेरैधेरै टाढा भैसकेको छु म
झरिजाने सितको थोपा झै भैसकेको छु म
तिम्रो याद धमिलो मैले पारीसके
यि आँखाका आशु सारा मैले झारिसके
आँखा चिम्ली .............................

सहनुको सिमा सारा नाघिसकेको छु
मैले आफ्नो हृदयलाई सल्काइसकेको छु
मानीसका थरिथरिका कुरा सुनिसके
माया गर्दै माया मार्ने मान्छे चिनिसके
आँखा चिम्ली बस्नु .....................

Thursday, April 19, 2018

Naau jun kothamaa rati masanga - नआउ जुन कोठामा राती मसँग लाडिन- by Manik Ratna Sthapit

स्वर : माणिकरत्न स्थापित (+तारादेवी) ; संगीत : नातिकाजी श्रेष्ठ ; रचना : रत्नशम्शेर थापा

आ ............................
नआउ जुन कोठामा राती मसँग लाडिन
कसैको भईसकेको मन सक्दैन बाडिन

सुकिली राम्री सुकुमारी छौ तिमीमा छ जवानी
तर दिउ कसरी कसैको नासो भएको निसानी
हुर्कन्न माया छातीमा रोपी मुस्कानले गोडेर
स्वर्गमै जाउ मलाई यहाँ पछ्याउन छोडेर
नजिक सर्दै सर्दै नआउ मसँग टासिन

उजेली बन्दै अंधेरी बन्दै लुकामारी खेलेर
नखोज भाड्न मनको शान्ती निर्लज्ज चलेर
म श्वास पनि उनकै फेर्छु बिउँझदा निदाउदा
प्रेमको हत्या कसरी गरु तिमीले फकाउदा
सरापले तिम्रो पिरती मेरो सक्दैन नासिन
नआउ जुन कोठामा राती ....................
हं हं .................................................