Sunday, August 23, 2020

पवनले फूललाई केहि भन्यो कि क्या ? - Pawanle Phulalai kehi bhanyo - By Hari Prasad Rimal

 शब्द : तारिणिप्रसाद कोईराला ;  संगीत तथ स्वर : हरिप्रसाद रिमाल 

पवनले फूललाई केहि भन्यो कि क्या ?
कि झस्किँदै कि मस्किदै   -२
मस्किएर जिस्किदै
पवन औ फूलको दिल मिल्यो कि क्या ?
दिल मिल्यो कि क्या ?     -२

प्रियसि पवनको काखमा जो झुकिन
लाजले चन्द्रमा बादलुमा लुकिन     --२
पवनको पर्शले केशरी छर्कियो
पवनले फूलको दिल हर्‍यो कि क्या ?
दिल हर्‍यो कि क्या ?      -२


रातभर , रातभर
रातभर पवनले फूललाई हम्कियो
रातभर वायुमा मधुर वास गम्कियो  --२
मिलनको आशमा जुनकिरी झल्किईन
फूलको पातमा मोती पो टल्कियो
पवनले फूलालाई .........., ........... 

फगत एक नजरमा - Fagat ek Najarma - By Hari Prasad Rimal

 शब्द : केशव राज पिंडाली ;   संगीत तथा स्वर : हरी प्रसाद रिमाल 

फगत एक नजरमा कसैले लियो मन
जती बिर्सुं भन्छु उति सम्झने झन
फगत एक नजरमा

प्रथम भेट मैभित्र कुत्कुत उठेथ्यो
नजर केहि झुकेथ्यो कदम केहि रुकेथ्यो --२
नजानी नजानिकनै लठ्ठियो तन -२
फगत एक नजरमा  .........,  .............,  .......

नयाँ प्रिय त रे यो नयाँ भेट रे यो - २ 
कुनै मितको हो जितको रित रे यो
छचल्क्यो जवानी झझल्क्यो नयाँपन - २
फगत एक नजरमा  ........., ..............., .......
 

Friday, August 21, 2020

लौन मेरो मुटु चुँडी लगिन- Launa Mero Mutu Chudi Lagin - By Shiva Shankar Manandhar

 शब्द : राममान तृषित  ; संगीत तथ स्वर : शिवशंकर मानन्धर


लौन मेरो मुटु चुँडी लगिन गीत गाएर
एउटी चरीले गाउकी परीले आएर        --२  

त्यो नदिको पानी झै चन्चल तिनी
जादु रैछ उन्को लजाइमा पनि            --२
जिन्दगीमै हलचल ल्याइन्, मित लाएर
एउटी चरीले गाउकी परीले आएर        --२

लौन मेरो................,..................

याद आँउछ दिनभर उन्ले गाएको धुन्
तिर्खाएको भाव पोख्ने ति नयन्            --२
आज मेरो बैँश जगाइन्, प्रित लाएर
एउटी चरीले गाउकी परीले आएर        --२

लौन मेरो................,..................

Thursday, August 20, 2020

कती बाँचु टुकृएको मुटुको ढुकढुकी लिई - Kati Baachu Tukriyeko Mutuko - By Indra Narayan Manandhar

 शब्द : राम मान तृषित ; संगीत : शिवशंकर मानन्धर,  स्वर : ईन्द्र नारायण मानन्धर


कती बाँचु टुकृएको मुटुको ढुकढुकी लिई
लाश भन्दा पनि धेरै सस्तो यो जिन्दगी लिई --२
कती बाँचु टुकृएको

कहाँ जाउ मेरो बाटो बाटोले नै छेकेको छ --२
मेरो हरेक पाइलाले काँडामाथि टेकेको छ --२
कती बाँचु हृदयमा सधैको ढुकढुकी लिई
लास भन्दा पनि धेरै सस्तो यो जिन्दगी लिई
कती ...................., .....................
कती बाँचु टुकृएको

मेरो मनको फुललाई बसन्तले मारिगईन --२
एउटा तारा बिलाई मेरो आकाश रित्तो पारी गईन --२
कती बाँचु पिर भन्दा बोक्न गाह्रो खुशी लिई 
लास भन्दा पनि धेरै सस्तो यो जिन्दगी लिई
कती ...................., .....................
कती बाँचु टुकृएको

घामका झुल्का हिउंमा पारी - Ghaamkaa Jhulkaa Hiumaa Paari - By Shiva Shankar Manandhar

शब्द, संगीत तथ स्वर : शिवशंकर मानन्धर


घामका झुल्का हिउंमा पारी
मेरी पारु हाँसिरहान्छे          --२
हरियालिको घुम्टो उघारी
छमछम छमछम गर्दै नाचिरहन्छे  

 

निर्जन वनमा बिलाईरहन्छे उसलाई कोही चिन्न नखोज      -२
मेरो आँशु र हाँसो भो उसकै रहस्य केहि मलाई नसोध 
रङ्गिबिरङ्गी फुलहरुबाट मेरी पारु च्याइरहन्छे
यो धर्तिमा मधुरो मिठो सुबास छर्दै आइरहन्छे      --२

 घामका झुल्का ............., ...........................

बताससँगै दौडिरहन्छे छहरासँगै पौडिरहन्छे -२
पर्वतमा गुन्जिरहने प्रतिध्वनिमा बोलिरहन्छे
शान्त र शितल जुनली रातमा मेरी पारु झल्किरहन्छे
कलीलो कोमल हरियो पातमा अमृत भर्दै टल्किरहन्छे   --२

घामका झुल्का ............., ...........................



 



Friday, July 12, 2019

Timro Chhaya Ra Mayama - तिम्रो छाँया र मायामा - By Shiva Shankar Manandhar

शब्द : उत्तम नेपाली                       संगीत तथा स्वर : शिवशंकर मानन्धर

तिम्रो छाँया र मायामा बाँचेको मेरो जीवन 
युगयुगसम्मन रहिरहोस् हाम्रो मिठो यो बन्धन   -- २
तिम्रो छाँया र मायामा

तिमीबाट टाढा हुँदा धरतिमा पनि एकपल पनि
हृदयको ब्यथा बग्छ बिरहको आशु बनी
मेरो आँखा तिम्रै पिरतिले ढाकेको छ 
निदाउँदा मलाई तिम्रै सपनाले डाकेको छ  --२
हं हं हं
तिम्रो छाँया र मायामा बाँचेको मेरो जीवन 
युगयुगसम्मन रहिरहोस् हाम्रो मिठो यो बन्धन --२
तिम्रो छाँया र मायामा

सुर्यबिना हराउँछ सुर्यमुखिको मुस्कान
तिमीबिना छट्पट गर्छ हाय मेरो यो धड्कन
हामी एक अर्काका प्रतिबिम्ब बनी बाँचौ 
एक अर्काका सुख दु:ख आफ्नै ठानी हाँसौ - - २
हं हं हं
तिम्रो छाँया र मायामा बाँचेको मेरो जीवन 
युगयुगसम्मन रहिरहोस् हाम्रो मिठो यो बन्धन  --२
तिम्रो छाँया र मायामा 




Tyo Kholako Sanglo paani - त्यो खोलाको सङ्लो पानी - By Manik Ratna Sthapit

स्वर : माणिकरत्न स्थापित
हो हो हो हो हो  ........................................
त्यो खोलाको सङ्लो पानी खाईजाउ खाईजाउ लाग्छ
मोहनी लाउने कान्छीलाई लैजाउ लैजाउ लाग्छ
पल्लो घरकी कान्छीलाई लैजाउ लैजाउ लाग्छ

लामो कालो कपाल लत्री भुइ छोएझै लाग्छ
झिम झिम झिम्की परेलाले बोलाएझै लाग्छ
मोहनी लाउने कान्छीलाई लैजाउ लैजाउ लाग्छ

बनको पिपले छाँयामा सँगै बसौ बसौ लाग्छ
बाटुला राम्रा ति आँखामा लुकौ लुकौ लाग्छ
मोहनी लाउने कान्छीलाई लैजाउ लैजाउ लाग्छ

गोरेटोमा पहाड गीत गाइदिउ गाइदिउ लाग्छ
जीवनभर नछुट्ने माया लाईदिउ लाईदिउ लाग्छ 
मोहनी लाउने कान्छीलाई लैजाउ लैजाउ लाग्छ
त्यो खोलाको सङ्लो पानी खाईजाउ खाईजाउ लाग्छ
मोहनी लाउने कान्छीलाई लैजाउ लैजाउ लाग्छ
पल्लो घरकी कान्छीलाई लैजाउ लैजाउ लाग्छ