शब्द :अगमसिङ गिरी ; संगीत तथा स्वर : अंबर गुरुङ
हो ...........
नौ लाख तारा उदाए, धर्तिको आकाश हाँसेछ
सरद लाग्यो बनमा, फुलले प्रिती गाँसेछ
नजली यहाँ झिलिली, मनको तारा निभेछ
गुराँस फुल्यो पहाडमा, मनको फुल झरेछ
नसम्झ आज नेपाली, सन्चोले यहाँ बाँचेको
काँडाकै माझ पहाडी फुल, छैन र कहाँ हाँसेको ?
सुनको सपना आँशुमा , किन हो बाँधी ल्यायौ नि ?
घरको माया बिर्सेर, किन पो यहाँ आयौ नि ?
हो ........
मुटुको रगत एउटै हो , पिरको बह बेग्लै छ
हामीलाई यहाँ चिन्यौ कि , मनको चोट बेग्लै छ
नियाली हेर हामीलाई, भिजेको छैन परेला
आँशुले गह भिजाए , अरुले निर्धा सम्झेला
बुझ्छ र कस्ले रोएको, मुटुमा काँडा लिएर ?
अरुका सारमा हाँसेको, आँशुका घुट्का पिएर
पहाडी फुल नफक्री, किन हो चुडी ल्यायौ नि ?
मनको आगो निभाउन, किन पो यहाँ आयौ नि ?
किन पो यहाँ आयौ नि ?
Monday, October 22, 2018
Saturday, October 20, 2018
Sunaula ghaam jhulkena - सुनौला घाम झुल्केन रुपौला जुन चम्केन - by Manik Ratna Sthapit
स्वर : माणिकरत्न स्थापित ; रचना : किरण खरेल
सुनौला घाम झुल्केन रुपौला जुन चम्केन
मेरो सुन्सान जीवनमा कुनै बसन्त फर्केन
सुनौला घाम झुल्केन
कती रात छट्पटाए म अंध्यारोलाई बोकेर
मेरो जुन जग्मगाएन जुनेली हासो पोखेर
दियोको बत्ती सल्केन नयनको ज्योति झल्केन
मेरो सुन्सान जीवनमा कुनै बसन्त फर्केन
सुनौला घाम झुल्केन
कती फुल फुल्न खोजेथे मुटुको फुलबारिमा
खुशीले बस्न खोजेथ्यो मायाको त्यो छहारिमा
बसन्ती वास आएन रसिलो रङ छाएन
मेरो सुन्सान जीवनमा कुनै बसन्त फर्केन
सुनौला घाम झुल्केन
सुनौला घाम झुल्केन रुपौला जुन चम्केन
मेरो सुन्सान जीवनमा कुनै बसन्त फर्केन
सुनौला घाम झुल्केन
कती रात छट्पटाए म अंध्यारोलाई बोकेर
मेरो जुन जग्मगाएन जुनेली हासो पोखेर
दियोको बत्ती सल्केन नयनको ज्योति झल्केन
मेरो सुन्सान जीवनमा कुनै बसन्त फर्केन
सुनौला घाम झुल्केन
कती फुल फुल्न खोजेथे मुटुको फुलबारिमा
खुशीले बस्न खोजेथ्यो मायाको त्यो छहारिमा
बसन्ती वास आएन रसिलो रङ छाएन
मेरो सुन्सान जीवनमा कुनै बसन्त फर्केन
सुनौला घाम झुल्केन
Wednesday, October 17, 2018
Aakha chimli basnu bhanda - आँखा चिम्ली बस्नु भन्दा बिर्सनु जाती - by Manik Ratna Sthapit
स्वर : माणीकरत्न स्थापित ; संगीत : चन्द्र राज शर्मा ; रचना : उत्तम श्रेष्ठ
आँखा चिम्ली बस्नु भन्दा बिर्सनु जाती
बाटो कुरी बस्नु भन्दा फर्कनु जाती
आँखा चिम्ली ..............................
बिहानिबाट धेरैधेरै टाढा भैसकेको छु म
झरिजाने सितको थोपा झै भैसकेको छु म
तिम्रो याद धमिलो मैले पारीसके
यि आँखाका आशु सारा मैले झारिसके
आँखा चिम्ली .............................
सहनुको सिमा सारा नाघिसकेको छु
मैले आफ्नो हृदयलाई सल्काइसकेको छु
मानीसका थरिथरिका कुरा सुनिसके
माया गर्दै माया मार्ने मान्छे चिनिसके
आँखा चिम्ली बस्नु .....................
आँखा चिम्ली बस्नु भन्दा बिर्सनु जाती
बाटो कुरी बस्नु भन्दा फर्कनु जाती
आँखा चिम्ली ..............................
बिहानिबाट धेरैधेरै टाढा भैसकेको छु म
झरिजाने सितको थोपा झै भैसकेको छु म
तिम्रो याद धमिलो मैले पारीसके
यि आँखाका आशु सारा मैले झारिसके
आँखा चिम्ली .............................
सहनुको सिमा सारा नाघिसकेको छु
मैले आफ्नो हृदयलाई सल्काइसकेको छु
मानीसका थरिथरिका कुरा सुनिसके
माया गर्दै माया मार्ने मान्छे चिनिसके
आँखा चिम्ली बस्नु .....................
Subscribe to:
Comments (Atom)