Monday, July 25, 2016

Batasale jhareka phul - बतासले झारेका फुलहरु सँगाली - By Ambar Gurung

स्वर तथा संगीत : अंबर गुरुङ ;     शब्द : हरिभक्त कटुवाल
बतासले झारेका फुलहरु सँगाली
बिरहको आशुले यिनै फूल पखाली
माला गासी राखेहै
भरे भेट्न आउँला
कर्मै आफ्नो अभागी
चोखो फूल कहाँ पाउला

चोखो फूल चाहिन्छ ढुङ्गाको देउतालाई
माया किन ब्यर्थैमा मरिजाने मान्छेलाई
बत्ती बाल्नु पर्दैन अंधेरोमै आउँला
अंधेरोमै जीवन बित्यो उज्यालो म कहाँ पाउला 

Dadapaari hiu parechha - डांडापारी हिउ परेछ डांडावारी पानी - By Ambar Gurung

स्वर : अंबर गुरुङ
डांडापारी हिउ परेछ डांडावारी पानी
एकै चरण गीत सुनिदेउ दिल्की मेरी रानी

घाम र पानी लुछाछुडी जिन्दगीको बाटो
दुई झरिको साथ देउ केलाई गर्छौ फाटो बरीलै 
डांडापारी हिउ

मनमा मेरो बेदना छ मुखमा मेरो हासो
गएपनी राखिदेउ है मेरो माया नासो बरीलै 
डांडापारी हिउ

Tuesday, June 7, 2016

Ma ambar hu timi dharti - म अंबर हुँ तिमी धर्ती - By Ambar Gurung

शब्द, संगीत तथा स्वर : अंबर गुरुङ

म अंबर हुँ तिमी धर्ती
लाखौं चाहे पनि हाम्रो
मिलन कहिले नहोला
म अंबर हुँ तिमी धर्ती

देखिन्छ दुर क्षितिजमा हाम्रो मधुम सँगम
आबेगले म झुक्दा तिमी उठेकी एकदम
तर लाग्दछ त्यो क्षितिज न त्यो मधुम सँगम
म अंबर हुँ तिमी धर्ती

युगयुगको त्रिश्णा हाम्रो कहिले न त्रिप्त होला
युगयुगकै गाथा हाम्रो धड्कन चिरीरहला
खाक पारेर पनि ज्वाला जलिरहला
म अंबर हुँ तिमी धर्ती

Thursday, November 19, 2015

Timile chumeka aulaaharu timi nai liyera jau - तिमीले चुमेका औलाहरु तिमी नै लिएर जाउ - By Manik Ratna Sthapit

रचना : किरण खरेल ; संगीत : शिवशंकर ; स्वर : माणीकरत्न स्थापित

तिमीले चुमेका औलाहरु तिमी नै लिएर जाउ
तिमीले चुनेका गीतहरु तिमी नै समेटी जाउ

एकएक गरेर भन्छु कती भाग्यमानी भन्थ्यौ
मेरो गीत घोच्ने औंला माया गरेर चुम्थ्यौ
तिमीभित्र नै डुबेर मेरा गीत छान्दथें म
तिमीलाई देबताको बरदान ठान्दथें म
तिमीले चुमेका औंलाहरु .........

तिमी के गयौ मबाट मेरो छाया नै बिलायो
मेरै रसिलो गीतले मेरो जिन्दगी जलायो
जब जानेबेला रोयौ मतिर फर्किफर्की
निसास्सी भाग्न थाले मैदेखी तर्कितर्की
तिमीले चुमेका औंलाहरु ..................

Tuesday, November 17, 2015

Masanga kun janamko yo timi badala - मसँग कुन जनमको यो तिमी बादला लिदैछौ हं- By Manik Ratna Sthapit

 रचना : किरण खरेल ,  स्वर : माणीकरत्न स्थापित

मसँग कुन जनमको यो तिमी बादला लिदैछौ हं
हरेक पाइला पाइलामा तिमी धोका दिदैछौ हं

मेरो आशु आशु नै हो नठान पानी यसलाई
मुटु यो मानीसकै हो नठान पुर्जा यसलाई
मलाई बेहोस पारेर किन टाढा हुँदैछौ हं
मसँग कुन ...........................

म निभ्न लागेको बत्ती नफुक बल्नदेउ एकछिन 
भिखारी सम्झेरै भैगो मलाई दान देउ एकदिन
मलाई जिउदै मारेर कती नाफा लिदैछौ हं
मसँग कुन ...................................
..................................................

Saturday, November 14, 2015

Naya barsako upalakshyamaa timilai subhakamana - नयाँ बर्षको उपलक्ष्यमा तिमीलाई शुभकामना - By Manik Ratna Sthapit

स्वर : माणीकरत्न स्थापित

नयाँ बर्षको उपलक्ष्यमा तिमीलाई शुभकामना

मेरी उशाको लाली तिमीलाई
मेरी ताराको ज्योति तिमीलाई
आजको सिङ्गै दिन तिमीलाई
मेरो सिङ्गै मन तिमीलाई

बिहान झुल्कने पहिलो घाम तिम्रो कपालबाट खुलोस
बैशाखमा फुल्ने पहिलो फूल तिम्रो गालाबाट फुलोस
मेरी उशाको ..........,..........,..........

नयाँ बर्षझै तिमी सबैमा नयाँ उमङ्ग भर्न सक
मेरो आधा उमेर लिई एकदिन बढ्ता बाँच्न सक
मेरी पारुको गीत तिमीलाई
रजनिको जुन तिमीलाई

Tuesday, November 10, 2015

Malai timro muskana haina - मलाई तिम्रो मुस्कान हैन - By Shiva Shankar Manandhar

रचना : किरण खरेल ; संगीत र स्वर : शिवशंकर मानन्धर

मलाई तिम्रो मुस्कान हैन तिमी नै चाहिन्छ
केवल यौवन हैन जीवन नै चाहिन्छ

सुखमा मलाई रमाउने साथीले मात्रै पुग्दैन
दु:खमा हात समाउने कोही नभै हुँदैन
मलाई तिम्रो ईशारा हैन नजर नै चाहिन्छ
केवल यौवन हैन जीवन नै चाहिन्छ

तिर्खाएको बेला बगेको खोला हेरेर पुग्दैन
एकमुठी चिसो पानी त पिउन नपाई हुँदैन
मलाई तिम्रो छाया त हैन माया नै चाहिन्छ
केवल यौवन हैन जीवन नै चाहिन्छ