Saturday, April 14, 2018

Ma pani ta manisai hu - म पनि त मानिसै हुँ छातीभित्र मुटु चल्छ - by Manik Ratna Sthapit

स्वर : माणिकरत्न स्थापित  ; संगीत : प्रेममाणिक ; रचना : रत्नसम्शेर थापा

म पनि त मानिसै हुँ छातीभित्र मुटु चल्छ
मलाई पनि कहिलेकाही रुन हास्न मन लाग्छ
मलाई पनि अरुलाई झै माया गर्न मन लाग्छ
म पनि त मानिसै हुँ ..........

तिम्रो बोली सुन्दाखेरी रमाइलो लाग्छ मलाई
तिम्रो साथ तिम्रो बिश्वास शहाराझै लाग्छ मलाई
तिमीले हात बढाउदा थामिदिन मन लाग्छ
म पनि त मानिसै हुँ ...............

तिम्रो हासो तिम्रो आशु आफ्नै ठानिसके मैले
तिमीलाई जीवनभरको साथी मानिसके मैले
तिमी झुक्दा अंगालोमा बाधिदिन मन लाग्छ
म पनि त मानिसै हुँ ................
......................................
......................................
......................................

Friday, April 6, 2018

Yo kasto raat diyo badala mutu jalchha - यो कस्तो रात दियो बदला - by Manik Ratna Sthapit

स्वर : माणीकरत्न स्थापित  ; रचना : राम्मान त्रिशित

यो कस्तो रात दियो बदला मुटु जल्छ
यो के बर्षा लीई आगो हावा चल्छ
यो कस्तो रात

कती पिडा कती आशु नशाले नै छुन्न कि जस्तो
अध्यारो के अध्यारो यो बिहान नै हुन्न कि जस्तो
यो कस्तो रात .................
..........................
.......

उनी आउलिन उनी अाईनन प्रतिक्ष नै शिता जस्तो
जताततै उनैको गीत गुन्जिने सुन्यता कस्तो
यो कस्तो रात ...................
...........................
..........

Sunday, April 1, 2018

Euta tara jharda pani - एउटा तारा झर्दा पनि - by C.P. Lohani

स्वर : सि पि लोहनी      ; शब्द : राम मान त्रिशित      ; संगीत : नातिकाजी श्रेष्ठ

एउटा तारा झर्दा पनि आकाश सिङै रित्तो लाग्छ
एउटा गल्ती भएको थ्यो जिन्दगी नै रित्तो लाग्छ
एउटा तारा ..........................

मुटुभित्र गीत मरे ओठ आँखा सुकिसक्यो
नाउमात्रै होइन मेरो किनारानै डुबिसक्यो
एउटा तारा .........................
................................
................................

यस्तो लाग्छ मेरो माया बिछोडमै रमाइदियो
फुल यहाँ कांडा बन्छ बसन्त नै नअाईगयो
एउटा तारा ..................
....................................
....................................

Friday, December 1, 2017

Junkaa Kiranharule Prempatra -जुनका किरणहरुले प्रेमपत्र लेख्दैछु म - by Manik Ratna Sthapit

रचना : किरण खरेल ; संगीत : चन्द्र राज शर्मा ; स्वर : माणिकरत्न स्थापित

जुनका किरणहरुले प्रेमपत्र लेख्दैछु म
फुलका कलीला पातमा खोजिदिनु है यसलाई
भोली सबेर तिमीले खोलिदिनु है यसलाई
जुनका किरणहरुले प्रेमपत्र लेख्दैछु म

धेरै भयो हजुरको केही खबर मिलेन
मेरो लागि मिर्मिरेमा लाली उशा खुलेन
ए हजुर
ए हजुर रिसायौ कि कसो
किन यसरी भुलेको
ति आँखामा मेरो तस्बिर भन छैन कि खुलेको
जुनका किरणहरुले प्रेमपत्र लेख्दैछु म

चिठ्ठी पठाउछु भन्थ्यौ चिठ्ठी पनि पठाइनौ
सपनामा भेट्छु भन्थ्यौ सपनामा पनि आईनौ
ए हजुर
ए हजुर म बाँच्न सक्दिन
तिम्रो चिठ्ठी नपाए
म बोल्ने छैन पक्कै भोली सपनामा नआए
जुनका किरणहरुले प्रेमपत्र लेख्दैछु म

Monday, August 7, 2017

Aajabholi kina ho timi - आजभोलि किन हो तिमी सपनामा देखिन छाडेकी - by Shiva Shankar Manandhar

शब्द : किरण खरेल ; संगीत तथा स्वर : शिव शंकर

आजभोलि किन हो तिमी
सपनामा देखिन छाडेकी - 2
सँगै बसी गरेका कुर
होकी खाली मलाई ढाटेकी - 2

सपनामा तिमीलाई देख्छु सधैंभरी
जाने बेला भनीगयौ माया गरीगरी
कती निद बितिसके तिमी भने आईनौ
कुहिरोको घुम्टो खोली सरमले च्याईनौ
आजभोलि ....................
.....................................

बालकको खेल्ने घर हाम्रो प्यार हैन
जती जाउ तिमी पर बिर्सने म छैन
शितलाई सुस्ताएझै फुल छातीमाथी
तिमीलाई सम्झेको छु मैले मेरै साथी
आजभोलि .........................
................................................

Sunday, July 2, 2017

Yati Chadai Kasari Birsu - यती चाडै कसरी बिर्सु सिम्सिमे पानीले रुझेको - by Shiva Shankar Manandhar

शब्द : किरण खरेल ; संगीत तथा स्वर : शिवशंकर

यती चाडै कसरी बिर्सु
सिम्सिमे पानीले रुझेको - 2
मोतिजस्तो पानीको थोपा
तिम्रो कालो केसमा तर्केको - 2

सुनसान बाटो थियो सुनबुट्टे रात
हिड्दहिड्दै छोइएथे सुकुमारी हात
धड्कनले आपसमा गरेका झै कुरा
झन्झनाइ बजे तिम्रा चिर्बिरे चुरा
यती चाडै कसरी बिर्सु सिम्सिमे पानीले रुझेको

बाटो हिंड्ने दुइजना एउटा थियो छाता
जुलाफी ति तिम्रा गाला देखिएथे राता
तिम्रो भने भिजेको थियो आधा जिउ सारा
मैले भने पुछेको थिए पसिनाका धारा
यती चाडै कसरी बिर्सु सिम्सिमे पानीले रुझेको

कपालको पानी आई प्रिथ्बीमा छर्के
कुन्नी किन भागेकी थियौ अलिकती तर्की
दुई कदम पर तिम्रा पाउ रोकिएथे
अचानक यो छातीमा सास छेकिएथे
यती चाडै कसरी बिर्सु सिम्सिमे पानीले रुझेको 





Thursday, June 8, 2017

Kun Desaki Chari Hau Timi - कुन देशकी चरी हौ तिमी कुन देशकी परी by Hikmat Mali

शब्द : कृष्णहरी बराल ; संगीत : राम थापा ; स्वर : हिक्मत माली

कुन देशकी चरी हौ तिमी कुन देशकी परी
मेरो नजरमा स्वप्न बनी आयौ कसो गरी

आँखामा देख्छु जादु सुबाश छ कालो केशमा
छल्केको देख्छु भाब नयाँ कोमल ति तिम्रा ओठमा
कुन कालिगढले कहिले बनायो कसो गरी
कुन देशकी चरी हौ..............
........................................

रात नै उजेलो हुन्छ तिमीले घुम्टो खोलिदिदा
तड्पिन्छ लाखौं मुटु तिमीले मस्केर बोलिदिदा
यस्तो अपुर्व रुप भन पायौ कसोगरी
कुन देशकी चरी हौ..............
........................................