Saturday, April 14, 2018

Ma pani ta manisai hu - म पनि त मानिसै हुँ छातीभित्र मुटु चल्छ - by Manikratna

स्वर : माणिकरत्न स्थापित  ; संगीत : प्रेममाणिक ; रचना : रत्नसम्शेर थापा

म पनि त मानिसै हुँ छातीभित्र मुटु चल्छ
मलाई पनि कहिलेकाही रुन हास्न मन लाग्छ
मलाई पनि अरुलाई झै माया गर्न मन लाग्छ
म पनि त मानिसै हुँ ..........

तिम्रो बोली सुन्दाखेरी रमाइलो लाग्छ मलाई
तिम्रो साथ तिम्रो बिश्वास शहाराझै लाग्छ मलाई
तिमीले हात बढाउदा थामिदिन मन लाग्छ
म पनि त मानिसै हुँ ...............

तिम्रो हासो तिम्रो आशु आफ्नै ठानिसके मैले
तिमीलाई जीवनभरको साथी मानिसके मैले
तिमी झुक्दा अंगालोमा बाधिदिन मन लाग्छ
म पनि त मानिसै हुँ ................
......................................
......................................
......................................

No comments: