स्वर : भक्तराज आचार्य
अब भन्नलाई तिमीले जेसुकै भन्दा हुन्छ - २
एक मुठी सास फेर्न सानो आकासले पुग्छ
अब भन्नलाई तिमीले जेसुकै भन्दा हुन्छ
यौवन उडेर जाओस बादल हराए जस्तै - २
जीवन गलेर जाओस पहरा रसाए जस्तै
तर हिंड्नलाई पाईला जस्तै भएनी हुन्छ - २
तिम्रा मोड हराए पनि बाटो त आफैँ बन्छ
अब भन्नलाई तिमीले जेसुकै भन्दा हुन्छ
अनुरागका पलाले बिस्मात मलाई हुन्न - २
बिश्वासघातले झन चाल यो मुटुको छुन्न
एक्लो भएर के भो आफु नै आफ्नो हुन्छ - २
तिमीले नबुझे पनि बुझ्नेले बुझी दिन्छ
अब भन्नलाई तिमीले जेसुकै भन्दा हुन्छ
एक मुठी सास फेर्न सानो आकासले पुग्छ
अब भन्नलाई तिमीले जेसुकै भन्दा हुन्छ