Monday, January 12, 2026

नौलाखे तारा बन्दछौ तिमी - Nau Lakhe tara bandachhau timi - By Pannakaji Shakya

शब्द : शहदेव शमशेर , संगीत : नातीकाजी ,  स्वर  : पन्नाकाजी शाक्य


नौलाखे तारा बन्दछौ तिमी म पुग्न सक्दिनँ 

एकहोरो माया मात्रै भो फकाउन सक्दिनँ       --२


टाढैको सलाम स्विकार तिमी म आउँन सक्दिनँ -२ 

सम्झनापिच्छे दिल रुन्छ हरे म रुन सक्दिनँ 

एकहोरो माया मात्रै भो फकाउन सक्दिनँ 


काँबाट भयो यहाँको बास म भुल्न सक्दिनँ -२ 

बिरहीको गीतमा गुन्जिन्छौ तिमी म खोल्न सक्दिनँ 

एकहोरो माया मात्रै भो फकाउन सक्दिनँ 

नौलाखे तारा बन्दछौ तिमी म पुग्न सक्दिनँ      --२ 

Saturday, January 3, 2026

म रातलाई उबाऊदैछु - Ma raatlai ubaudaichhu - By Manik Ratna Sthapit

शब्द : किरण खरेल ; स्वर  : माणिकरत्न स्थापित


म रातलाई उबाऊदैछु लूलाऊदै लूलाऊदै 

निदरीहरु नआओ मलाई बोलाऊदै बोलाऊदै   -- २


चिहाऊदै आफ्ना नौ लाख नयन हिराका ताराले 

नूहाऊछे आज एउटी परी जूनका धाराले

ऊसलाई चुमि आएको हावा गम्कन्छ वास्ना भई

ऊसको जीऊबाट तर्केको पानी चम्कन्छ मोती भई

म रातलाई उबाऊदैछु लूलाऊदै लूलाऊदै 

निदरीहरु नआओ मलाई बोलाऊदै बोलाऊदै


ऊसले कपाल फुकाई क्यारे बादल छरियो  

ऊ एक्लै पनि लजाई क्यारे कुसुम निउरियो 

ऊसलाई लाज लागेर हो कि लाल भो आकाश

ऊसले सास रोकेर हो कि अडेको बतास

म रातलाई उबाऊदैछु लूलाऊदै लूलाऊदै 

निदरीहरु नआओ मलाई बोलाऊदै बोलाऊदै

म रातलाई उबाऊदैछु लूलाऊदै लूलाऊदै 

Sunday, June 22, 2025

Man bhachne kura, man rakhne kura - मन भाँच्ने कुरा, मन राख्ने कुरा- By Gopal Yonjan

 शब्द, संगीत, तथा स्वर : गोपाल योञ्जन


मन भाँच्ने कुरा, मन राख्ने कुरा 

मन पर्ने कुरा, मन भर्ने कुरा 

म व्यस्त छु बरु सुनाऊ, केही कामका कुरा             ---२

म व्यस्त छु बरु सुनाऊ, केही कामका कुरा 


यो प्रेम दया

यो प्रेम दया मानिसका कमजोरी हुन 

यसलाई देखाउनु अरु अघि त्यो भूल हो   --२

सहरको भीडभाडमा एकान्तका कुरा 

संघर्षको मैदानमा आदर्शका कुरा

म व्यस्त छु बरु सुनाऊ, केही कामका कुरा  -२


तिमी भन्दछौ 

तिमी भन्दछौ तिमीले दियौ त्यो प्रेम हो 

दिलसित खेल्ने अमिरको त्यो खेल हो   --२

घरको ठेगान छैन यहाँ, संसारका कुरा

आफ्नै प्रमाण छैन यहाँ, सन्तानका कुरा

म व्यस्त छु बरु सुनाऊ, केही कामका कुरा -२

मन भाँच्ने कुरा ............................

Fuleka Fulaharu Botmai Ramauna Dinu- फूलेका फूलहरु बोटमै रमाऊन दिनु - By Gopal Yonjan

शब्द, संगीत, तथा स्वर : गोपाल योञ्जन

फूलेका फूलहरू बोटमै रमाऊन दिनु -२ झरेछ कोहि भने यो छातीमा सिउरिदिनु फूलेका फूलहरू

बिताऊ तमाम घडी वसन्तको माँझ -२ कतै तुवाँलो परेमा म पनि छु सम्झिदिनु जितेर हार्छ कोहि हारेरै जित्छ कोहि -२ हारेरै जित्छौ भने मेरो साथ खेलीदिनु फूलेका फूलहरू 

किन धक मान्नु कोहि मन खोली खोली रुनु जिन्दगीको नाम त हो अलि हाँस्नु र रुनु }-२ आकाश - आकाश नै हो उठाऊनु पर्दैन -२ दबेका पाऊमुनिका धुलोलाई उठाईदिनु धुलैको गीत हो यो धुलैको धुन हो यो -२ धुलैमा मिल्छौ भने मेरो साथ गाईदिनु फूलेका फूलहरू .................

Friday, January 31, 2025

Aba Bhannalaai Timile Je Sukai Bhanda Hunchha - अब भन्नलाई तिमीले जेसुकै भन्दा हुन्छ - By Bhaktaraj Acharya

स्वर : भक्तराज आचार्य 


अब भन्नलाई तिमीले जेसुकै भन्दा हुन्छ - २

एक मुठी सास फेर्न सानो आकासले पुग्छ 

अब भन्नलाई तिमीले जेसुकै भन्दा हुन्छ


यौवन उडेर जाओस बादल हराए जस्तै - २

जीवन गलेर जाओस पहरा रसाए जस्तै 

तर हिंड्नलाई पाईला जस्तै भएनी हुन्छ - २

तिम्रा मोड हराए पनि बाटो त आफैँ बन्छ 

अब भन्नलाई तिमीले जेसुकै भन्दा हुन्छ  


अनुरागका पलाले बिस्मात मलाई हुन्न - २

बिश्वासघातले झन चाल यो मुटुको छुन्न 

एक्लो भएर के भो आफु नै आफ्नो हुन्छ - २

तिमीले नबुझे पनि बुझ्नेले बुझी दिन्छ 

अब भन्नलाई तिमीले जेसुकै भन्दा हुन्छ 

एक मुठी सास फेर्न सानो आकासले पुग्छ 

अब भन्नलाई तिमीले जेसुकै भन्दा हुन्छ

Friday, January 12, 2024

Parkhera basa tyo dadapari- पर्खेर बस त्यो डाँडापारी अबस्य आउँछु- By Bachchu Kailash

शब्द, संगीत तथा स्वर : बच्चुकैलाश 


पर्खेर बस त्यो डाँडा पारी अबस्य आँऊछु 

कुरेर बसी यो डाँडा वारी म गीत गाऊँछु 

पर्खेर बस त्यो डाँडा पारी


पिलपिले बत्ती साँझको भोली ननीभी हुँदैन 

वारी र पारी बिछोड सधैं कसैको हुँदैन 

हृदयको आखिरी भाषा माया हो भनेर 

गाँसेर बस प्रितीका फूल मालामा ऊनेर 

अबस्य आँऊछु 

कुरेर बसी यो डाँडा वारी म गीत गाऊँछु 

पर्खेर बस त्यो डाँडा पारी


शितका थोपा परेका मुना फूलको सरीतै  

दुई थोपा आँशु जडेर राख निस्केका आँखामै 

हुँदैन सधैं जुनेली रात प्रकृति क्रममा 

नलेउ पिर नलिउ सुर्ता बिछोडको घडीमा 

अबस्य आँऊछु 

कुरेर बसी यो डाँडा वारी म गीत गाऊँछु 

पर्खेर बस त्यो डाँडा पारी

Aau bhane gaau chha tadha- आँऊ भने गाँऊ छ टाढा - By Natikaji Shrestha

 शब्द : रबिन्द्र शाह ; संगीत तथा स्वर : नातिकाजी श्रेष्ठ 


आँऊ भने गाँऊ छ टाढा, जाँऊ भने बिछट्टै माया छ 

लाँऊ भने फूलको थुँगा, ओईली जाने दुइदिने छाँया छ 


जतीजती लर्किन्छ आँखा, उतीउती तर्किने यो दिन -२ 

राती राती धड्कन्छ मुटु, कती कती चर्किने यो मन 

आँऊ भने गाँऊ छ टाढा, जाँऊ भने बिछट्टै माया छ



सधैंभरी गुनासो गरी, के को माला यो मैले गुथेंछु - २  

कस्तो प्रिती गरेर मैले , रातैभरी तस्विर कुधेछु 

आँऊ भने गाँऊ छ टाढा, जाँऊ भने बिछट्टै माया छ 

लाँऊ भने फूलको थुँगा, ओईली जाने दुइदिने छाँया छ