Thursday, June 8, 2017

Kun Desaki Chari Hau Timi - कुन देशकी चरी हौ तिमी कुन देशकी परी by Hikmat Mali

शब्द : कृष्णहरी बराल ; संगीत : राम थापा ; स्वर : हिक्मत माली

कुन देशकी चरी हौ तिमी कुन देशकी परी
मेरो नजरमा स्वप्न बनी आयौ कसो गरी

आँखामा देख्छु जादु सुबाश छ कालो केशमा
छल्केको देख्छु भाब नयाँ कोमल ति तिम्रा ओठमा
कुन कालिगढले कहिले बनायो कसो गरी
कुन देशकी चरी हौ..............
........................................

रात नै उजेलो हुन्छ तिमीले घुम्टो खोलिदिदा
तड्पिन्छ लाखौं मुटु तिमीले मस्केर बोलिदिदा
यस्तो अपुर्व रुप भन पायौ कसोगरी
कुन देशकी चरी हौ..............
........................................

Sunday, April 30, 2017

Aile nalagnu yo dil - ऐले नलग्नु यो दिल पैले सम्भाल्न जान्नु - Kanhaiyaa Kumar Joshi

शब्द : राममान त्रिशित , स्वर : कन्हैया कुमार जोशी

ऐले नलग्नु यो दिल पैले सम्भाल्न जान्नु
अलिदिन कुरेर तिमीमा जवानी त आउन देउ
                                पैले सम्भाल्न जान्नु
ऐले नलग्नु यो दिल पैले सम्भाल्न जान्नु

तिमीसँग माया लाउन एउटै कुराको डर छ
बुझ्दैनौ शायद तिमीले कती दु:ख सहनु पर्छ
ऐले नलग्नु यो फूल पैले सम्भाल्न जान्नु
बचपन गएर तिमीमा जवानी त आउन देउ
                                   पैले सम्भाल्न देउ
ऐले नलग्नु यो दिल पैले सम्भाल्न जान्नु

तिम्रो निमित्त दिलको मन्दिर अझै छ खाली
आएर बस्नु तिमी नै जब तिमी जवान होउलिउ
ऐले नगर्नु यो भूल पैले सम्भाल्न जान्नु
हतास नहुनु तिमीमा जवानी त आउन देउ
                                  पैले सम्भाल्न देउ
ऐले नलग्नु यो दिल पैले सम्भाल्न जान्नु
...........................................................
..........................

Monday, April 24, 2017

Timi aafulaai apsaraa - तिमी आफुलाई अप्सरा भनी ठान्दछौ भने - Kanhaiyaa Kumar Joshi

शब्द : किरण खरेल , संगीत : चन्द्रराज शर्मा , स्वर : कन्हैया कुमार जोशी

तिमी आफुलाई अप्सरा भनी ठान्दछौ भने 
म आफुलाई देवता किन भनी नठानु 
तिमी आफुलाई अप्सरा 

म मान्दछु तिमीलाई तारिफ गर्छन् मान्छे 
लाखौंमा एक हुन्छन तिमीजस्ती भन्छन मान्छे 
म पनि त तिमीलाई लोभ्याइ राख्न सक्छु 
छिन्मै रुवाउन सक्छु छिन्मै हसाउन सक्छु 
तिमी आफुलाई अप्सरा 

फुलको त के कुरा भो र बसन्तै दास तिम्रो 
अमृत मगमगाउछ सँगाली सास तिम्रो 
म पनि त पथ्थरलाई प्रेमले पगाल्न सक्छु 
मायाले जित्न सक्छु आफ्नो बनाउन सक्छु 
तिमी आफुलाई अप्सरा ..............
.............................
............................

Tuesday, March 21, 2017

Mera aghikaa kalpanaa - मेरा अघिका कल्पना कल्पिकल्पी बिलाए - Shiva Shankar Manandhar

संगीत तथा स्वर : शिव शंकर

मेरा अघिका कल्पना कल्पिकल्पी बिलाए
देखेका ति सपना तिमीसंगै हराए

परपरका तारा गनिगनी रात बिताए
वरवरका सारा जानिजानी हो गुमाए
मेरा अघिका कल्पना

बिर्सी सकेको गीत सम्झीसम्झी एक्लै म गाउछु
छुटिसकेको प्रित पाएदेखी तिमीमा पाउछु
मेरा अघिका कल्पना

देउ मलाई सहारा आउ आउ नगिकै आउ
मैले चिनेका बुझेका मिठा कुरा ति सुनाउ
मेरा अघिका कल्पना ............
मेरा अघिका कल्पना

Sunday, March 19, 2017

Mutule mero tyo timro mutu - मुटुले मेरो त्यो तिम्रो मुटु पुरिया पारेर - Shiva Shankar Manandhar

शब्द : म. बि. बि. शाह         संगीत तथा स्वर : शिव शंकर मानन्धर

मुटुले मेरो त्यो तिम्रो मुटु पुरिया पारेर
राख्दछ सधैं जतन गरी मायाले छोपेर
मुटुले मेरो .............

गाउछ गीत घांटिमा तिम्रो सुरमा बसेर
मादल मेरो तालमा तिम्रो बज्दछ जमेर
मुटुले मेरो ..............

यो मुटु मेरो चल्दछ हेर ढुक्ढुकी बनेर
हृदय जब चल्दछ तिम्रो मलाई सम्झेर
सास म फेर्छु सासमा तिम्रो एउटै भएर
पिउछु मैले त्यो प्यास तिम्रो मेटिन्छ गएर
मुटुले .................
..........................

आँखाले तिम्रो तस्बिर मेरो राख्दछ खिचेर
छातीमा मेरो भरिन्छ माया तिमीलाई सम्झेर
बादलको बिच लुकेको पानी बर्षाले झरेर
इन्द्रेनी पर्छ घाम्छांया जुनी हरियो भएर
मुटुले मेरो .............
.............................

Wednesday, March 15, 2017

Koiliko swor choreko timile - कोइलिको स्वर चोरेको तिमीले - By Bachchu Kailash

बच्चुकैलाश

कोइलिको स्वर चोरेको तिमीले
कसरी होला यो मेरो मुटु चोरेको तिमीले
कसरी होला सुनेर जाउन

सपना बनी बिपना बनी    2
बिपना पनि सपना जस्तै
कसरी होला यो मेरो मुटु चोरेको तिमीले
कसरी होला सुनेर जाउन

बिर्सेंको भाखा सम्झेर गाइदेउ
आकाशै ढाक्ने पिरती लाइदेउ
पातलो बोल्दै सितल गल्दै
मुटुको घाऊ मुटुले छोइदेउ   2
मलाई घायल पारेको तिमीले
कसरी होला यो मेरो मुटु चोरेको तिमीले
कसरी होला सुनेर जाउन

Tuesday, March 14, 2017

Jogini Jasti bhaicheu - जोगिनी जस्ती भैछौ किन बाबा के भयो ? - Shiva Shankar Manandhar

रचना : भिमनिधी तिवारी ; संगीत तथा स्वर : शिवशंकर मानन्धर


जोगिनी  S S S S S S S S

जोगिनी जस्ती भैछौ किन बाबा के भयो ?

बिस बर्षे बैस तिम्रो शोकमा नै यसै गयो

जोगिनी



केशको श्रिंगार पैले सम्झ आँफै क्या थियो  - २ 

देख्दछु  S S S S S S S

देख्दछु लटा छ कैलो लौन बाबा के भयो ?  - २

जोगिनी



जो गलामा मोतिको माला रहन्थ्यो हरघडी - २

तुलसिको S S S S S S S S

तुलसिको कन्ठ आज बिन्ती बाबा के भयो ? - २

जोगिनी



कारचोबी रङिचङी बस्त्र हुन्थ्यो रेशमी  - २

गेरुवा S S S S S S S S S

गेरुवा खस्रो छ धोती मेरी बाबा के भयो ? - २

जोगिनी  जस्ती ......

.............................

.....