Thursday, April 19, 2018

Naau jun kothamaa rati masanga - नआउ जुन कोठामा राती मसँग लाडिन- by Manik Ratna Sthapit

स्वर : माणिकरत्न स्थापित (+तारादेवी) ; संगीत : नातिकाजी श्रेष्ठ ; रचना : रत्नशम्शेर थापा

आ ............................
नआउ जुन कोठामा राती मसँग लाडिन
कसैको भईसकेको मन सक्दैन बाडिन

सुकिली राम्री सुकुमारी छौ तिमीमा छ जवानी
तर दिउ कसरी कसैको नासो भएको निसानी
हुर्कन्न माया छातीमा रोपी मुस्कानले गोडेर
स्वर्गमै जाउ मलाई यहाँ पछ्याउन छोडेर
नजिक सर्दै सर्दै नआउ मसँग टासिन

उजेली बन्दै अंधेरी बन्दै लुकामारी खेलेर
नखोज भाड्न मनको शान्ती निर्लज्ज चलेर
म श्वास पनि उनकै फेर्छु बिउँझदा निदाउदा
प्रेमको हत्या कसरी गरु तिमीले फकाउदा
सरापले तिम्रो पिरती मेरो सक्दैन नासिन
नआउ जुन कोठामा राती ....................
हं हं .................................................

Saturday, April 14, 2018

Ma pani ta manisai hu - म पनि त मानिसै हुँ छातीभित्र मुटु चल्छ - by Manik Ratna Sthapit

स्वर : माणिकरत्न स्थापित  ; संगीत : प्रेममाणिक ; रचना : रत्नसम्शेर थापा

म पनि त मानिसै हुँ छातीभित्र मुटु चल्छ
मलाई पनि कहिलेकाही रुन हास्न मन लाग्छ
मलाई पनि अरुलाई झै माया गर्न मन लाग्छ
म पनि त मानिसै हुँ ..........

तिम्रो बोली सुन्दाखेरी रमाइलो लाग्छ मलाई
तिम्रो साथ तिम्रो बिश्वास शहाराझै लाग्छ मलाई
तिमीले हात बढाउदा थामिदिन मन लाग्छ
म पनि त मानिसै हुँ ...............

तिम्रो हासो तिम्रो आशु आफ्नै ठानिसके मैले
तिमीलाई जीवनभरको साथी मानिसके मैले
तिमी झुक्दा अंगालोमा बाधिदिन मन लाग्छ
म पनि त मानिसै हुँ ................
......................................
......................................
......................................

Friday, April 6, 2018

Yo kasto raat diyo badala mutu jalchha - यो कस्तो रात दियो बदला - by Manik Ratna Sthapit

स्वर : माणीकरत्न स्थापित  ; रचना : राम्मान त्रिशित

यो कस्तो रात दियो बदला मुटु जल्छ
यो के बर्षा लीई आगो हावा चल्छ
यो कस्तो रात

कती पिडा कती आशु नशाले नै छुन्न कि जस्तो
अध्यारो के अध्यारो यो बिहान नै हुन्न कि जस्तो
यो कस्तो रात .................
..........................
.......

उनी आउलिन उनी अाईनन प्रतिक्ष नै शिता जस्तो
जताततै उनैको गीत गुन्जिने सुन्यता कस्तो
यो कस्तो रात ...................
...........................
..........

Sunday, April 1, 2018

Euta tara jharda pani - एउटा तारा झर्दा पनि - by C.P. Lohani

स्वर : सि पि लोहनी      ; शब्द : राम मान त्रिशित      ; संगीत : नातिकाजी श्रेष्ठ

एउटा तारा झर्दा पनि आकाश सिङै रित्तो लाग्छ
एउटा गल्ती भएको थ्यो जिन्दगी नै रित्तो लाग्छ
एउटा तारा ..........................

मुटुभित्र गीत मरे ओठ आँखा सुकिसक्यो
नाउमात्रै होइन मेरो किनारानै डुबिसक्यो
एउटा तारा .........................
................................
................................

यस्तो लाग्छ मेरो माया बिछोडमै रमाइदियो
फुल यहाँ कांडा बन्छ बसन्त नै नअाईगयो
एउटा तारा ..................
....................................
....................................