Sunday, June 22, 2025

Man bhachne kura, man rakhne kura - मन भाँच्ने कुरा, मन राख्ने कुरा- By Gopal Yonjan

 शब्द, संगीत, तथा स्वर : गोपाल योञ्जन


मन भाँच्ने कुरा, मन राख्ने कुरा 

मन पर्ने कुरा, मन भर्ने कुरा 

म व्यस्त छु बरु सुनाऊ, केही कामका कुरा             ---२

म व्यस्त छु बरु सुनाऊ, केही कामका कुरा 


यो प्रेम दया

यो प्रेम दया मानिसका कमजोरी हुन 

यसलाई देखाउनु अरु अघि त्यो भूल हो   --२

सहरको भीडभाडमा एकान्तका कुरा 

संघर्षको मैदानमा आदर्शका कुरा

म व्यस्त छु बरु सुनाऊ, केही कामका कुरा  -२


तिमी भन्दछौ 

तिमी भन्दछौ तिमीले दियौ त्यो प्रेम हो 

दिलसित खेल्ने अमिरको त्यो खेल हो   --२

घरको ठेगान छैन यहाँ, संसारका कुरा

आफ्नै प्रमाण छैन यहाँ, सन्तानका कुरा

म व्यस्त छु बरु सुनाऊ, केही कामका कुरा -२

मन भाँच्ने कुरा ............................

Fuleka Fulaharu Botmai Ramauna Dinu- फूलेका फूलहरु बोटमै रमाऊन दिनु - By Gopal Yonjan

शब्द, संगीत, तथा स्वर : गोपाल योञ्जन

फूलेका फूलहरू बोटमै रमाऊन दिनु -२ झरेछ कोहि भने यो छातीमा सिउरिदिनु फूलेका फूलहरू

बिताऊ तमाम घडी वसन्तको माँझ -२ कतै तुवाँलो परेमा म पनि छु सम्झिदिनु जितेर हार्छ कोहि हारेरै जित्छ कोहि -२ हारेरै जित्छौ भने मेरो साथ खेलीदिनु फूलेका फूलहरू 

किन धक मान्नु कोहि मन खोली खोली रुनु जिन्दगीको नाम त हो अलि हाँस्नु र रुनु }-२ आकाश - आकाश नै हो उठाऊनु पर्दैन -२ दबेका पाऊमुनिका धुलोलाई उठाईदिनु धुलैको गीत हो यो धुलैको धुन हो यो -२ धुलैमा मिल्छौ भने मेरो साथ गाईदिनु फूलेका फूलहरू .................