Friday, January 31, 2025

Aba Bhannalaai Timile Je Sukai Bhanda Hunchha - अब भन्नलाई तिमीले जेसुकै भन्दा हुन्छ - By Bhaktaraj Acharya

स्वर : भक्तराज आचार्य 


अब भन्नलाई तिमीले जेसुकै भन्दा हुन्छ - २

एक मुठी सास फेर्न सानो आकासले पुग्छ 

अब भन्नलाई तिमीले जेसुकै भन्दा हुन्छ


यौवन उडेर जाओस बादल हराए जस्तै - २

जीवन गलेर जाओस पहरा रसाए जस्तै 

तर हिंड्नलाई पाईला जस्तै भएनी हुन्छ - २

तिम्रा मोड हराए पनि बाटो त आफैँ बन्छ 

अब भन्नलाई तिमीले जेसुकै भन्दा हुन्छ  


अनुरागका पलाले बिस्मात मलाई हुन्न - २

बिश्वासघातले झन चाल यो मुटुको छुन्न 

एक्लो भएर के भो आफु नै आफ्नो हुन्छ - २

तिमीले नबुझे पनि बुझ्नेले बुझी दिन्छ 

अब भन्नलाई तिमीले जेसुकै भन्दा हुन्छ 

एक मुठी सास फेर्न सानो आकासले पुग्छ 

अब भन्नलाई तिमीले जेसुकै भन्दा हुन्छ