शब्द, संगीत, तथा स्वर : गोपाल योञ्जन
मन भाँच्ने कुरा, मन राख्ने कुरा
मन पर्ने कुरा, मन भर्ने कुरा
म व्यस्त छु बरु सुनाऊ, केही कामका कुरा ---२
म व्यस्त छु बरु सुनाऊ, केही कामका कुरा
यो प्रेम दया
यो प्रेम दया मानिसका कमजोरी हुन
यसलाई देखाउनु अरु अघि त्यो भूल हो --२
सहरको भीडभाडमा एकान्तका कुरा
संघर्षको मैदानमा आदर्शका कुरा
म व्यस्त छु बरु सुनाऊ, केही कामका कुरा -२
तिमी भन्दछौ
तिमी भन्दछौ तिमीले दियौ त्यो प्रेम हो
दिलसित खेल्ने अमिरको त्यो खेल हो --२
घरको ठेगान छैन यहाँ, संसारका कुरा
आफ्नै प्रमाण छैन यहाँ, सन्तानका कुरा
म व्यस्त छु बरु सुनाऊ, केही कामका कुरा -२
मन भाँच्ने कुरा ............................