Friday, July 12, 2019

Timro Chhaya Ra Mayama - तिम्रो छाँया र मायामा - By Shiva Shankar Manandhar

शब्द : उत्तम नेपाली                       संगीत तथा स्वर : शिवशंकर मानन्धर

तिम्रो छाँया र मायामा बाँचेको मेरो जीवन 
युगयुगसम्मन रहिरहोस् हाम्रो मिठो यो बन्धन   -- २
तिम्रो छाँया र मायामा

तिमीबाट टाढा हुँदा धरतिमा पनि एकपल पनि
हृदयको ब्यथा बग्छ बिरहको आशु बनी
मेरो आँखा तिम्रै पिरतिले ढाकेको छ 
निदाउँदा मलाई तिम्रै सपनाले डाकेको छ  --२
हं हं हं
तिम्रो छाँया र मायामा बाँचेको मेरो जीवन 
युगयुगसम्मन रहिरहोस् हाम्रो मिठो यो बन्धन --२
तिम्रो छाँया र मायामा

सुर्यबिना हराउँछ सुर्यमुखिको मुस्कान
तिमीबिना छट्पट गर्छ हाय मेरो यो धड्कन
हामी एक अर्काका प्रतिबिम्ब बनी बाँचौ 
एक अर्काका सुख दु:ख आफ्नै ठानी हाँसौ - - २
हं हं हं
तिम्रो छाँया र मायामा बाँचेको मेरो जीवन 
युगयुगसम्मन रहिरहोस् हाम्रो मिठो यो बन्धन  --२
तिम्रो छाँया र मायामा 




Tyo Kholako Sanglo paani - त्यो खोलाको सङ्लो पानी - By Manik Ratna Sthapit

स्वर : माणिकरत्न स्थापित
हो हो हो हो हो  ........................................
त्यो खोलाको सङ्लो पानी खाईजाउ खाईजाउ लाग्छ
मोहनी लाउने कान्छीलाई लैजाउ लैजाउ लाग्छ
पल्लो घरकी कान्छीलाई लैजाउ लैजाउ लाग्छ

लामो कालो कपाल लत्री भुइ छोएझै लाग्छ
झिम झिम झिम्की परेलाले बोलाएझै लाग्छ
मोहनी लाउने कान्छीलाई लैजाउ लैजाउ लाग्छ

बनको पिपले छाँयामा सँगै बसौ बसौ लाग्छ
बाटुला राम्रा ति आँखामा लुकौ लुकौ लाग्छ
मोहनी लाउने कान्छीलाई लैजाउ लैजाउ लाग्छ

गोरेटोमा पहाड गीत गाइदिउ गाइदिउ लाग्छ
जीवनभर नछुट्ने माया लाईदिउ लाईदिउ लाग्छ 
मोहनी लाउने कान्छीलाई लैजाउ लैजाउ लाग्छ
त्यो खोलाको सङ्लो पानी खाईजाउ खाईजाउ लाग्छ
मोहनी लाउने कान्छीलाई लैजाउ लैजाउ लाग्छ
पल्लो घरकी कान्छीलाई लैजाउ लैजाउ लाग्छ