Sunday, June 22, 2025

Man bhachne kura, man rakhne kura - मन भाँच्ने कुरा, मन राख्ने कुरा- By Gopal Yonjan

 शब्द, संगीत, तथा स्वर : गोपाल योञ्जन


मन भाँच्ने कुरा, मन राख्ने कुरा 

मन पर्ने कुरा, मन भर्ने कुरा 

म व्यस्त छु बरु सुनाऊ, केही कामका कुरा             ---२

म व्यस्त छु बरु सुनाऊ, केही कामका कुरा 


यो प्रेम दया

यो प्रेम दया मानिसका कमजोरी हुन 

यसलाई देखाउनु अरु अघि त्यो भूल हो   --२

सहरको भीडभाडमा एकान्तका कुरा 

संघर्षको मैदानमा आदर्शका कुरा

म व्यस्त छु बरु सुनाऊ, केही कामका कुरा  -२


तिमी भन्दछौ 

तिमी भन्दछौ तिमीले दियौ त्यो प्रेम हो 

दिलसित खेल्ने अमिरको त्यो खेल हो   --२

घरको ठेगान छैन यहाँ, संसारका कुरा

आफ्नै प्रमाण छैन यहाँ, सन्तानका कुरा

म व्यस्त छु बरु सुनाऊ, केही कामका कुरा -२

मन भाँच्ने कुरा ............................

No comments: