Monday, March 13, 2017

Ek raat manchhe dekhi manchhe haraai - एक रात मान्छेदेखी मान्छे हराइ - Jitendra Bardewa

शब्द , संगीत तथा स्वर : जितेन्द्र बर्देवा

एक रात मान्छेदेखी मान्छे हराइ कालो रात्मा प्रेतात्माझै
सिम्सिमे पानीमा भिज्ने बिचरा त्यो को होला
कुकुर भुक्ने स्याल रुने सम्सानको बाटोमा
एउटा मान्छे जवानिमै बहुला हुने को होला ?

उस्ले आफ्नो दुनियाँ उस्ले आफ्नो खुशीहरु
कस्लाई अर्पिदिएछ कि कस्ले खोसिदिएछ कि !
एक्लै रुने एक्लै हास्ने  कस्को बरदान त्यो होला ?
एक रात ........

भोक तिर्खा लाग्न सम्म उस्ले बिर्सिसकेको छ
को आफ्नो को अर्को उस्ले आँफैलाई बिर्सेंको छ
खोक्रो जीवन चेत भइसक्यो प्राण केमा अल्झेको छ ?
एक रात .........

Thursday, February 16, 2017

Jaba Jaba aauchha aakha saamu - जब जब आउछ आँखा सामु तिमी रोएका दृश्यहरु - By Shiva Shankar Manandhar

संगीत तथा स्वर : शिव शंकर मानन्धर
(पछी प्रेमध्वज प्रधानको स्वरमा रेकर्ड गरिएको )

जब जब आउछ आँखा सामु तिमी रोएका दृश्यहरु
केही भुल गरेझै लाग्छ मलाई
केही पाप गरेझै लाग्छ मलाई
जब जब आउछ आँखा सामु तिमी रोएका दृश्यहरु - २

मैले तिमीलाई माया गरे तिमीले अचानक आशु बगायौ
आफ्नै ठानी आशु पुछे तिमीले के के अर्थ लगायौ          --२
मेरो पूजाले मुर्ती रुवाउछ भने
अपराध गरेझै लाग्छ मलाई
जब जब आउछ आँखा सामु तिमी रोएका दृश्यहरु - २

तिम्रो प्रगती तिम्रो खुशी तिम्रो बिजय हेर्न म आंए
आफ्ना सारा माया बाली तिमीलाई ज्योति छर्न म आंए    --२
मेरो बत्तिले धोखा दिन्छ भने
अन्याय गरेझै लाग्छ मलाई
जब जब आउछ आँखा सामु तिमी रोएका दृश्यहरु - २



Saturday, September 17, 2016

Timro pani maya lagchha तिम्रो पनि माया लाग्छ by Rubi Joshi

 शब्द : राममान त्रिशित      संगीत : शिवशंकर           स्वर : रुबी जोशी
तिम्रो पनि माया लाग्छ उन्को पनि माया लाग्छ
हुने भए मुटु काती दुबैलाई आधा आधा
बाडीदिउ जस्तो लाग्छ
तिम्रो पनि माया लाग्छ

तिम्रो लागि उन्ले आफ्नो इच्छाहरु मारिदिइन
तिमीलाई देख्ने मेरा यि आँखा उघारीदिइन
यस्तो लाग्छ किन कुन्नी तिमी दुबै एउटै जस्तो
दुबै उती प्यारो लाग्छ
तिम्रो पनि माया

तिमिसँग माया बस्यो तिर्खा बदलिए जस्तै
पानी पर्दा पर्दै पनी घाम लागिदिए जस्तै
यस्तो लाग्छ मलाई बाँच्न तिमी दुईमा एउटै हावा
एउटै पानी जस्तो लाग्छ
तिम्रो पनि माया

Sunday, September 11, 2016

Ekanta raat bichama hasera pas aai - एकान्त रात बिचमा हासेर पास आई - Rubi Joshi


स्वर : रुबी जोशी
एकान्त रात बिचमा हासेर पास आई
ब्युझायो निद बिचमा हाए कसैले अाई
एकान्त रात बिचमा

देखी सरे अगाडि आशा लिई मिलनको
हासिन मुसुक्क ब्युझे सपना रहेछ खाली
एकान्त रात बिचमा

हाले जसै अङालो शर्माइ केही तर्सिन
चुम्बन गरे त ब्युझे सपना रहेछ खाली
एकान्त रात बिचमा

Monday, August 29, 2016

Sathi khojdachha sadhai yo man - साथी खोज्दछ सधैं यो मन Kumar Basnet

                                                          स्वर : कुमार बस्नेत 
साथी खोज्दछ सधैं यो मन  
तिमी बिना अब कसरी मनाउ म यो मन
साथी

आउ यो दिललाई प्यार सिकाउ
कैले नभुल्ने माया लगाउ 
जीवन छ फुलभन्दा कलिलो 
माया आकाशझै गहिरो
नसम्झ टाढा मलाई
आउन आउ अब मन्को त्यो कालो हटाइ 
साथी........

तिम्रो रुपमा यौबनको लाली 
साँच जीवनलाई प्यारले अँगाली   
पहराको फुल झै नबन
माया लाउन सक्दिन नभन
मनले तिमीलाई रोजेको
आउन आउ अब दिल मिल्दो साथी रोजेको
साथी.........


Monday, July 25, 2016

Batasale jhareka phul - बतासले झारेका फुलहरु सँगाली - By Ambar Gurung

स्वर तथा संगीत : अंबर गुरुङ ;     शब्द : हरिभक्त कटुवाल
बतासले झारेका फुलहरु सँगाली
बिरहको आशुले यिनै फूल पखाली
माला गासी राखेहै
भरे भेट्न आउँला
कर्मै आफ्नो अभागी
चोखो फूल कहाँ पाउला

चोखो फूल चाहिन्छ ढुङ्गाको देउतालाई
माया किन ब्यर्थैमा मरिजाने मान्छेलाई
बत्ती बाल्नु पर्दैन अंधेरोमै आउँला
अंधेरोमै जीवन बित्यो उज्यालो म कहाँ पाउला 

Dadapaari hiu parechha - डांडापारी हिउ परेछ डांडावारी पानी - By Ambar Gurung

स्वर : अंबर गुरुङ
डांडापारी हिउ परेछ डांडावारी पानी
एकै चरण गीत सुनिदेउ दिल्की मेरी रानी

घाम र पानी लुछाछुडी जिन्दगीको बाटो
दुई झरिको साथ देउ केलाई गर्छौ फाटो बरीलै 
डांडापारी हिउ

मनमा मेरो बेदना छ मुखमा मेरो हासो
गएपनी राखिदेउ है मेरो माया नासो बरीलै 
डांडापारी हिउ